भक्तपुर बाट करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर चैत १४ ।   १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-६ डेकोचा बस्ने धादिङ जलामुखी गाउँपालिका-४ मैदी घर भएका २२ वर्षीय राज परियारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

परियारले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Facebook Comments Box
TOP
Shares