संघाईमा फेरी लकडाउन

काठमाडौँ, १४ चैत । कोभिड–१९ को संक्रमण फैलिएसँगै चीनको सघाई सहरमा सहरव्यापी लडाउन गरिएको छ । 

चीनले घोषणा गरेको लकडाउन अनुसार ९ दिनमा सांघाईमा दुई चरणमा लकडाउन गरिनेछ । यो अवधिमा सबै मानिसको कोरोना परीक्षण गरिनेछ ।

पछिल्लो एक महिनायता कोरोनाको नयाँ लहर फैलिएसँगै सांघाईमा लकडाउनको घोषणा गरिएको हो। अन्तर्राष्ट्रिय संख्यालाई हेर्ने हो भने सांघाईमा भेटिएका संक्रमितको संख्या त्यति धेरै भने होइन ।

यद्यपि सांघाईमा कोरोना महामारी सुरु भएयताकै सबैभन्दा धेरै दैनिक नयाँ संक्रमित थपिन थालेका छन्। यससँगै संघाईका अधिकारीहरुले कोरोना संक्रमण बढेसँगै आफ्नो रणनीति पनि परिवर्तन गर्ने निर्णय गरेका हुन् ।

यससँगै संघाईको पूर्वी भागमा सोमबारदेखि अप्रिल १ सम्म लकडाउन जारी रहनेछ भने अप्रिल १ देखि ५ सम्म पश्चिमी भागमा लकडाउन हुनेछ ।

यो अवधिमा सार्वजनिक यातायात बन्द हुनेछ। त्यस्तै कम्पनी तथा कारखानाले पनि आफ्नो कार्य बन्द गर्ने वा भौतिक उपस्थिति विना नै सञ्चालन गर्नुपर्ने हुन्छ ।

Facebook Comments Box
TOP
Shares