बार एशोसिएसनको अध्यक्षमा अमिताको पक्षमा व्यापक लहर

काठमाडौँ चैत १५ । नेपाल बार एशोसियसनको आसन्न निर्वाचन आगामी चैत १९ गते शनिबार हुँदैछ । सो निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठले नेपालकै इतिहासमा पहिलोपटक कानुनी पेशागत स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिनुभएको
छ । उहाँ विगत २०४० सालदेखि निरन्तररुपमा विशुद्ध कानुनी व्यवसायको पेशा अंगाल्दै हालसम्म पनि सो पेशालाई निरन्तरता दिइरहनुभएको छ । उहाँ कानुन व्यवसायीहरुभित्र अब्बल वरिष्ठ अधिवक्ता मानिनुका साथै निर्भिक, स्वतन्त्र, निर्लोभी, साहसिक वरिष्ठ अधिवक्ताको रुपमा परिचित पनि हुनुहुन्छ ।
उहाँको मुख्य एजेन्डा भनेकै कानुनमा राजनीतिक हस्तक्षेपबाट मुक्त गराई स्वतन्त्र ल्यायालय बनाउने उद्देश्यका साथ नेपाल बार एशोसिएसनको अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो । उहाँलाई जसरी बार एशोसिएसनको अध्यक्ष पदमा विजय गराउन मुलुकभरिका कानुन व्यवसायीहरु लागिपरिरहेको अधिवक्ता पुनम झाले जनरक्षालाई जानकारी गराउनुभयो ।
स्वतन्त्र उम्मेदवार दिएकी अमिता लक्ष्मी सैंजु श्रेष्ठले कानुनी राज्यको मूल्य मान्यतालाई पालना गर्न, संविधानको मुल्य र मान्यता कायम राख्न र कानुन व्यवसायीको पेशागत हकहित र निष्पक्ष र स्वतन्त्र न्याय तथा न्यायालयका लागि भन्दै अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज चैत ४ गते सोमबारको राशीफल :पशुपतिनाथ भगवानले रक्षा गरुन
१ दिन अगाडि
2.1kViews 274 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- रमाइलो तरिकाले…