जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

 काठमाडौं चैत १७ ।काठमाडौं महानगरपालिका-१६ कालधारास्थित काभ्रेली खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१७ ढल्कु बस्ने काभ्रे तिमाल गाउँपालिका-४ घर भएका ५३ वर्षीय अर्जुन तामाङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार २ सय रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकोबताएको  छ ।

Facebook Comments Box
TOP
Shares