आणविक रेडियोधर्मीका कारण रुसी फौजकाे भागाभाग
किभ । खतरनाक रेडियोधर्मी विकिरणबाट पीडित हुन पुगेपछि सयौं रुसी फौजले हतार हतार युक्रेनस्थित चेर्नाेविल आणविक भट्टी छाड्न बाध्य भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
विश्वमै सबैभन्दा भयावह आणविक दुर्घटनाको इतिहास बोकेको चेर्नोविल भट्टी नजिकको रेडियोधर्मी प्रदूषित रेड फरेस्टमा रुसी फौजले युद्ध तयारीका लागि खाल्डो खनेको थियो ।
विकिरणको प्रत्यक्ष संसर्गमा आएका सेनाको अहिले वेलारुसको गोमलेस्थित विशेष अस्पतालमा उपचार भइरहेको छ । सन् १९८६ का चेर्नोविल आणविक दुर्घटनापछि हजारौ सल्लाको रुख रातो रंगमा परिणत भएपछि त्यो जंगलको नाम नै ‘रातो जंगल’ हुन पुगेको थियो ।
अत्यन्तै विषाक्त मानिएको सो क्षेत्रमा चेर्नोविलका तालिम प्राप्त कर्मचारीलाई समेत प्रवेश गर्ने अनुमति छैन । युक्रेनी आणविक उर्जा स्टेसनरूका प्रमुख निकाय एनर्र्गोटमले रुसी फौज निकै अत्तालिएर त्यहाँबाट भागेको जनाएको छ ।
तर, आक्रमणका शुरुआतका दिनहरूमै युक्रेनको सो चेर्नोविल आणविक भट्टी कब्जा गरेका रुसी फौजमध्ये अझै केही भने त्यहीँँमाथि रहेको पनि बताइएको छ । रुसले त्यतिवेला आतंककारीहरूको हातमा पर्न नदिन सो आणविक भट्टी कब्जा गरेको सफाइ दिएको थियोे ।
खाल्डो खन्दै गरेका ती रुसी फौजमा विकिरणको नकारात्मक असर तत्कालै देखा परेको थियो । स्थानीय संचार माध्यमले बिहीबार विहान सवेरै सातवटा बसमा रुसी सेना गोमेल आइपुगेको जनाएको छ । केही पत्रकारहरूले मृत सेना बोकेका केही बस राति वेलारुसबाट रुसतर्फ जाने गरेको पनि बताएका छन् । तर, रुसले भने आक्रमण घटाउने नीति अनुरुप चेर्नोविलबाट आफ्नो फौज फर्काइएको जनाएको छ ।
समाज
थप सामाग्रीकठ्याङ्ग्रिदो चिसोमा न्यायो बाँड्दै क्लोथ बैंक ,गरीब तथा विपन्नलाई न्यानो कपडा वितरण
December 12, 2024
1.8kViews 464 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । क्लोथ बैंक नेपालले विगत ६ वर्षदेखि आर्थिक अभावमा परेका…