पर्सा चैत १८ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी वीरगञ्ज महानगरपालिका-२१ पटेलनगर बस्ने ४० वर्षीय रबिन्द्र पटेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साको २०७१ असार १७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना २२ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका-१४ गण्डकबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।