मेलम्ची सुरुङमा पानी पठाएर परीक्षण

काठमाडौँ, चैत १८ गते । बाढीपहिरोले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत गरी सुरुङमा पानी पठाएर परीक्षण सुरु भएको छ । सफाइ अन्तिम चरणमा पुगेसँगै परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाले जनाएको छ ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले बिहीबार मेलम्चीको मुख्य प्रवेशमा क्षमापूजा गरेपछि परीक्षणका लागि पानी पठाइएको हो ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर माधवप्रसाद न्यौपानेले आयोजनाको मुख्य ढोका खोलिएको र सफाइको काम अन्तिम चरणमा पुगेकाले परीक्षणका लागि पानी पठाउन थालिएको जानकारी दिनुभयो । न्यौपानेका अनुसार मुख्य ढोकाबाट परीक्षणका लागि पठाएको पानी नौ नम्बर हेडवक्र्स र अम्बाथानतर्फको १७ नम्बर ढोकाबाट बाहिर पठाइको छ । गत असार १ र साउन १७ गते आएको बाढीले आयोजनाका प्रमुखद्वार बफर ड्यामदेखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङ गेग्य्रानसहितको लेदोले पुरेको थियो ।

बाढीले आयोजनाका मुख्य ढोका क्षतिग्रस्त बनाएको थियो भने बाहिरी भागसमेत पुरेका कारण आयोजना पूर्ण रूपमा बन्द भएको थियो । क्षतिग्रस्त ढोकाहरू खुला गरी सुरुङभित्र जमेको लेदो परीक्षणका क्रममा पठाएको पानीबाटै सफाइ गरिने आयोजनाले जनाएको छ । बाढीले क्षतिग्रस्त बनेका सुरुङभित्रका ढोकाको मर्मत निर्माता भारतीय कम्पनी ‘पिरिसिजन इन्डिया लिमिटेड’ (पीआईएल)का प्राविधिकमार्फत भइरहेको समितिका सिनियर डिभिजन इन्जिनियर पदम कुँवरले जानकारी दिनुभयो ।

नेपाल सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना सफाइ तथा मर्मत गरी यही चैत मसान्तभित्र काठमाडौँको सुन्दरीजलमार्फत उपत्यकामा पानी वितरण गर्ने लक्ष्य लिएको छ । खानेपानीमन्त्री चौधरीले आयोजनाको काम समय अगावै सक्ने गरी कार्ययोजना नै बनाएर काम गर्न निर्देशन दिनुभएको थियो । आयोजनाको सुरुङ निर्माण गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रोले सफाइ तथा मर्मतको काम तोकिएको समयभित्र पूरा गर्न अन्य तीनवटा नेपाली सहायक कम्पनीमार्फत २४ घण्टा नै काम गरिरहेको छ । सिनो हाइड्रोका नेपाल प्रतिनिधि कृष्णकुमार तामाङ ‘समीर’ले निर्धारित समयभन्दा पहिले नै सक्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।यो समाचार गोरखापत्र मा छ।

Facebook Comments Box
संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
५ घण्टा अगाडि

1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…

TOP
Shares