पसलमा आगलागी हुँदा एक करोड पच्चिस लाखको क्षति

सिमकोट ।जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–४ मा रहेको याल्वाङमा आगलागी हुँदा पसल जलेर नष्ट भएको छ । वडा ४ को छिरिङ पाल्जोर तामाङको पसल र होटेल रहेको एक तलाको दुईकोठे घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिनुभयो । काठको टहराले बनेको पसलसहित दुई कोठा जलेर नष्ट हुँदा रु एक करोड पच्चिस लाख बराबरको क्षति भएको याल्वाङ प्रहरी चौकीले जानकारी दिनुभयो । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । पालिका केन्द्र याल्वाङमा तामाङले लामो समयदेखि पसल तथा होटेल व्यवसाय गर्दै आएका थिए । पसलमा भएका खाद्यान्न, लत्ता, कपडा, दैनिक उपभोग्यलगायत वस्तु सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक ओझाले बताउनुभयो ।रासस
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज चैत ४ गते सोमबारको राशीफल :पशुपतिनाथ भगवानले रक्षा गरुन
१ दिन अगाडि
2.1kViews 274 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- रमाइलो तरिकाले…