जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा चैत २० । धनुषाको विदेह नगरपालिका–६ एकराहीमा शनिबार बेलुकी स्कारपियो जिपको ठक्करबाट एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको । सोही घटनामा दुई जना साइकलयात्री घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री स्थानिय अन्दाजी ४० वर्षीय हरिचन्द्र खत्वे मण्डल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका साइकलयात्रीद्धय सोही ठाउँका ४२ वर्षीय कुल्दिप महरा र ४० वर्षीय दीपु महराको जनकपुर स्थित रामजानकी अस्पतालमा उपचार भईरहेको छ । शनिबार बेलुकी पौने ९ बजे जनकपुरबाट एकराहीतर्फ आउँदै गरेको भारतीय नम्बरको जिपले पैदलयात्री सहित साइकल यात्रीलाई ठक्कर दिएको थियो । ठक्कर दिने जिप सहित चालक प्रहरी चौकी गिद्धा धनुषाको नियन्त्रणमा रहेका छन् ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १० गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 23, 2025
3.8kViews 228 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…