श्रीलंकाका २६ मन्त्रीले दिए सामूहिक राजीनामा
6.6kViews
0
Shares
काठमाडौं । संकटग्रस्त श्रीलंकाका सम्पूर्ण मन्त्रीहरुले सामूहिक रूपमा राजीनामा दिएका छन् । चरम आर्थिक संकटप्रति असन्तुष्ट सर्वसाधारणहरूले प्रदर्शन गरिरहेका बेला २६ जना मन्त्रीहरुको सामूहिक राजीनामा आएको हो ।
तर, प्रधानमन्त्री महिन्द राजापाक्षेले भने राजीनामा दिएका छैनन् । सरकारले लगाएको कर्फ्यूको उल्लंघन गर्दै सर्वसाधारणले सडकमा प्रदर्शन गरेका थिए । श्रीलंकाले सन् १९४८ स्वतन्त्र भएपछिकै सबैभन्दा खराब आर्थिक संकट सामना गरिरहेको छ ।
यहाँ खाद्यन्न औषधि जस्ता अत्यावश्यक वस्तुको अभाव छ । पेपरको अभावमा सरकारले परीक्षासमेत स्थगित गरेको छ । दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ हुने गरेको छ ।
Facebook Comments Box
समाज
थप सामाग्रीइजरायली मन्त्रिपरिषद्द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने
January 18, 2025
1.1kViews 443 Shares Share on Facebook Share on Twitter तेल अभिभ । इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न…