अत्यावश्यक बाहेकको कर्जा नदिनु – राष्ट्र बैंक

काठमाडौं चैत २२ । २७ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ०हरूलाई राष्ट्र बैंकको नयां निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले अत्यावश्यकबाहेक वस्तुमा जाने कर्जा रोक्न बैंकका प्रमुख कार्यकारी अधिकृत र सीईओ हरूलाई निर्देशन दिएको हो । हिजोसोमबार २७ वटै वाणिज्य बैंकका सीईओहरूलाई बोलाएर राष्ट्र बैंकले सो निर्देशन दिएको छ । राष्ट्र बैंकले अहिले अर्थतन्त्र ठूलो संकटमा भएकोले यसबाट जोगिन केन्द्रिय बैंकले यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले अत्यावश्यक बाहेकको वस्तुमा जाने कर्जा रोक्नु भनेको छ, हामी इनारको डिलमा छौं, यसमै हाम फाल्ने कि यसबाट बच्ने भन्ने ध्यान दिनुपर्छ भन्ने राष्ट्र बैंकको भनाइ थियो, गाडी कर्जा पनि रोक्नु भनेको छ,’ बैंठकमा सहभागी एक सीईओले भने । राष्ट्र बैंकले आयातित वस्तुमा जाने गाडी आयातको एलसी रोक्नलाई निर्देशन दिएको हो । विदेशी मुद्राको संचितिमा दबाव बढ्दै गएको बताउँदै राष्ट्र बैंकले बैंकका सीईओहरूलाई गाडीहरूको एलसी रोक्नलाई निर्देशन दिएको हो । राष्ट्र बैंकले यसअघि नै विभिन्न वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज चैत ५ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
गाईलाई कुटीकुटी नदीमा हाल्ने वडाध्यक्षसहित अन्यलाई बाजुरा सदरमुकाम झिकाउन निर्देशन
-
मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
-
आज चैत ४ गते सोमबारको राशीफल :पशुपतिनाथ भगवानले रक्षा गरुन
-
नेपाल प्रहरीको ३१ औं महानिरीक्षक दिपक थापा हुने लगभग निश्चित

कैलालीमा १७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ
२ दिन अगाडि
1.4kViews 418 Shares Share on Facebook Share on Twitter धनगढी । कैलालीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको छ ।…