पशुपतिमा तलब : धानदेखि मासिक दुई लाख रुपैयाँसम्म
काठमाडौँ । नेपालमा खान्की अर्थात् तलबी परम्पराको इतिहासमा पशुपति क्षेत्रको बेग्लै महत्त्व छ । लामो इतिहास जोडिएको यस प्रथाको परम्परागत र आधुनिक रूप अझै पनि पशुपति क्षेत्रमा पाइन्छ । पारिश्रमिकका लागि धान दिने लिने चलनदेखि आधुनिक रूपमा उच्च रकमको तलब पशुपति क्षेत्रमा पाइन्छ । धानको हिसाबमा तलब दिइने भए पनि त्यसको गणना भने रुपियाँमा गर्ने चलन अहिले छ । पारिश्रमिकबापत धानको सट्टा रकम पाउने भएपछि पशुपति भण्डार तहबिलका रकमी (कर्मचारी) पनि खुसी छन् । धान कुटाउन समस्या हुने भएपछि त्यस बराबरको रकम उपलब्ध गराउने गरिएको छ । रकमीको नियुक्तिका लागि शैक्षिक योग्यता आवश्यक पर्दैन । उनीहरूले परम्परादेखि नै पुर्खाको काम धान्दै आएका छन् ।अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले पुर्खादेखिको जिम्मेवारी रकमीहरूले सम्हाल्दै आएको बताउँदै भन्नुभयो, “वंश परम्पराका आधारमा नियुक्त हुने प्रचलन भएकाले यो विशेष सेवा हो । धानको सट्टा रकम पाउने भएपछि रकमीलाई सजिलो भएको छ । यसप्रति खुसी नहुने जागिर छाडेर गइसकेका छन् ।” प्रतिमुरी दुई हजार रुपियाँ उपलब्ध गराइन्छ भने बढीमा २६ मुरी धान पाउने रकमी छन् । पशुपतिनाथका मूल पुजारीलाई मासिक दुई लाख रुपियाँ र अन्य पुजारीलाई डेढ लाख रुपियाँ तलब व्यवस्था छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्रीआर्थिक विकासका लागि महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमको सहकार्य जरुरी : ढकाल
September 9, 2024
1.2kViews 152 Shares Share on Facebook Share on Twitter काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक…