वन्यजन्तुको अखेटोपहार सहित पक्राउ

काठमाडौं चैत २३ , भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ मनोहरा नयाँबस्तिबाट संरक्षित वन्यजन्तु कस्तुरीको विना जस्तो देखिने वास्नादार बस्तु ५ थान र भालुको पित्त जस्तो देखिने बस्तु ५ थान सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ मनोहरा नयाँबस्ती बस्ने ४७ वर्षीय क्षत्र बहादुर बेगा, काठमाडौं कोटेश्वर बस्ने जुम्ला सिंजा गाउँपालिका-६ काडागाउँ घर भएका १८ वर्षीय किशोर र काठमाडौं जोरपाटी बस्ने पाँचथर याङवरक गाउँपालिका-२ तिनतिम्बो घर भएका ४६ वर्षीय लोकेन्द्र बेगा रहेका छन् ।

उक्त स्थानमा संरक्षित वन्यजन्तु कस्तुरीको विना र भालुको पित्तको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त कारोबारमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला डिभिजन वन कार्यालय भक्तपुर पठाइएको छ ।

Facebook Comments Box
संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि

1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…

TOP
Shares