प्रधानमन्त्री निवासमा दलालैदलाल, आरजुसँगसँगै जयबिर पनि थपिए
काठमाडौं चैत २५ । डा आरजु देउवालाई चिन्नु पर्दा उनी एक शिक्षीत र व्यवसायीक नारी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पनि ।
तर, उनको वास्तविक परिचय भने ‘दलाल’का रुपमा बढी चिनिन्छ । अर्थात्, राष्ट्र्का कुनै हैसियतदार पद वा कुनै ठूला ठेक्कापट्टा जन्य व्यवसायीक काम पाउन वा लिन डा आरजुलाई नै भेटेर नजराना बुझाउनु पर्छ भन्ने व्यापक हल्ला छ । हल्ला मात्र होइन, त्यसमा सत्यताको अंश धेरै छ ।
जनमत बीना संसदीय निर्वाचन आँट्ने साहस उनलाई मिल्नु नै ‘धन’ थियो, त्यो आफूलाई टुरीष्ट उमेदवार भने भन्दैमा करोडौंमा घर नै किन्ने आँट पनि त्यही ‘धन’ले त बनाइदिएको हो ।
बालुवाटारबाट प्रहरी संगठनमा हस्तक्षेप माथिल्ला तहमा मात्रै होइन, इन्स्पेक्टरसम्मको सरुवामा पनि हुन्छ रे । राजदूत पद त टेण्डरकै रुपमा आउँछ रे । मालदार मन्त्रालयको सचिव, त्यस्तै प्रभावशाली विभाग, महाशाखामा पनि नगदनारायणकै प्रयोग हुन्छ भन्ने नसुनिएको होइन ।
शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मात्र होइन, प्रमुख प्रतिपक्षी दलको नेता हुँदा पनि दलिय भागवण्डामा पर्ने राजनैतिक नियुक्तीमा डा आरजुको चासो गहिरै पथ्र्याे रे । देउवा पदमा रहँदा बद्नाम हुनुको एउटा मुख्य पाटोका रुपमा पत्नी अर्थात् डा आरजुको नगदनारायण कमजोरीलाई नै लिने गरिन्छ ।
डा. आरजुसँगसँगै अर्का व्यक्तिको पनि बालुवाटारमा उपस्थिति जनिएको छ नगदनारायणकै लागि । ति व्यक्ति हुन्, प्रधानमन्त्री शेरबहादुर देउवाकै एकमात्र सुपुत्र जयबिर सिंह देउवा । आमाकै सिको गर्दै उनले पनि आफूलाई नगदनारायणकै लाइनमा उभ्याउन थालेका छन् ।
हिजोआज प्रधानमन्त्रीपुत्र जयबिर आईटी सम्वन्धि दलालीमा भिडेका छन् । उनलाई विवादास्पद विकल पौडेलले अंगालोमा बाँधेका छन् । पूर्व प्रधानमन्त्री केपी वलीका सञ्चार विज्ञ अग्तर अलीका विश्वासपात्र हुन विकल पौडेल । केपी वली प्रधानमन्त्री भएका बखत राष्ट्र्का विभिन्न निकाय तथा कार्यालयका आईटी सम्वन्धि सम्पूर्ण ठेक्कापट्टा आफ्नो पोल्टामा हाल्न सफल अग्तर अली अहिले देउवा प्रधानमन्त्री भएका बेला पनि आफ्ना धन्दा जारी राख्न सफल देखिएका छन् ।
वली सरकारका पालामा राष्ट्र्का विभिन्न निकाय, कार्यालयबाट लुटेको धनले उनी अहिले कमलादीस्थित काठमाडौं प्लाजाको अगाडी विशाल महल निर्माणमा व्यस्त देखिन्छन् । आफू पूर्व प्रधानमन्त्रीको सञ्चार विज्ञ भएका कारण अख्तियार र सम्पत्ति शुद्धीकरण विभागको नजरमा पर्न सक्ने सोचकै कारण अलीले आफ्नो लगानीमा ठडाउँदै गरिएको MAX’म्याक्स’ बिल्डीड आफन्त अक्बर हुसेनका नाममा देखाएका छन् ।
विश्वस्त स्रोतका अनुसार हालै नेपाल टेलिकमको प्रवन्ध निर्देशक पदमा सुनिल पौडेललाई नियुक्त पनि विकल पौडेलकै चलखेलमा जयबिर सिंह देउवाको दह्रो सिफारिसले काम गरेको हो । टेलिकममा आन्तरिक कर्मचारीलाई नै नियुक्त गरिनु पर्ने त्यहाँका कर्मचारीको एकमत रहेको भएता पनि त्यो आवाजलाई दबाएर पौडेललाई नियुक्त गरिनु नै दलालको चलखेल हावी हुनु हो ।
हो, बाबुआमालाई सन्तान प्यारो लाग्छ । सन्तानको अडान नै बाबुआमाको कमजोरी हो । तर, त्यसो भन्दैमा आफ्नै एक मात्र पुत्र राष्ट्र्लाई नै आघात पर्ने गरी विवादास्पद व्यक्तिसँग उठबस्, त्यस्ता व्यक्तिसँग साझेदारी पक्कै पनि मुलुककै कार्यकारीको हितमा छैन ? र, स्वयम् प्रधानमन्त्रीले पनि त्यतातर्फ सोच्न विलम्व गर्नु हुन्न कि ?
समाज
थप सामाग्रीमाग्ने बूढाले मागे माफी
October 14, 2024
1.5kViews 374 Shares Share on Facebook Share on Twitter काठमाडौं । कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढाले) माफी मागेका छन्…