देउराली सहकारी डुबाउने यस्तो छ मिटरव्याजिको जालो : प्रशासनको आदेशको  समेत भयो  बर्खिलाप           

ललितपुर भदौ २५ । ललितपुर जिल्लाका मिटरव्याजीहरुले ललितपुर जिल्ला प्रशासन कार्यलय र ललितपुर जिल्ला प्रहरी परीसरक‍ो आदेशलाई  समेत अटेर गरि विभिन्न राजनीतिक दलको आडमा कानुनलाई समेेत धोती लगाउँदै आइरहेको पाईएक‍ो छ । ललितपुर जिल्लालाई आधारईलाका बनाई  विगत केही वर्ष देखि  गुण्डागर्दीका साथै  मिटरव्याजी धन्दा समेत चलाउँदै आइरहेका ललितपुरका विभिन्न व्यक्तिलाई जिल्ला प्रशासन कार्यलय ललितपुरमा अनुचित लेनदेन (मिटर व्याज) विरुद्ध उजुरी परेपछि जिल्ला प्रशासन कार्यलय ललितपुरका साथै जिल्ला प्रहरी कार्यलय जाउलाखेलले बारम्बार ताकेता गर्दा पनि उपस्थित नभएपछि मिटरव्याज आयोग कडा एक्सनमा जान लागेक‍ो सोर्तको दाबी छ। गृहमन्त्री  नारायणकाजी श्रेष्ठले मिटरव्याज विरुद्ध शुन्य सहनसिलता अपनाउन ठाड‍ो आदेश दिईरहेक‍ो बेला स्वयं गृहमन्त्रीक‍ो आदेशलाईनै ठाड‍‍‍ो चुनौती दिनेगरी ललितपुरका केही  मिटर व्याजीहरुले कानुनको धज्जी उडाएकाले  उनिहरुलाई अब कडा कार्बाही गरिने गृह सोर्तले बताएको छ।   नेपाल सरकार गृह मन्त्राालयको प्रतेक्ष निगरानीमा मिटरव्याजीहरुलाई कडा कार्बाही अगाडि बढाईरहेको बेला ललितपुरका केहिमिटरव्याजीले प्रशासनक‍ो आदेशलाई नटेर्नका साथै   विभिन्न सञ्चार माध्यमा समाचार प्रकाशित भए पछि उल्टै सञ्चार कर्मिहरुलाई धम्की दिंदै हिँडेका विषयमा गृहमन्त्रालयले कडा कदम चाल्ने समेत गृह सोर्तले बताएको छ ।                                                       यी हुन ललितपुर जिल्ला प्रशासनक‍ो आदेश लाई लत्याउन खोज्ने ललितपुरका केही  मिटरव्याजीहरु  :                       रवि महर्जन :ललितपुरको  चापागाँँउलाई आधार ईलाका बनाई  अबैध रुपमा निर्माण सामाग्रीहरु रोडा ,बालुवा ,गिटीको व्यापार गर्दै आउनुका साथै ललितपुरको सातदोबाटो मा केन्द्रीय कार्यलय रहेको देउराली सहकारीको नगद ४० करोड झ्वाम पारी फरार रहेका देउराली सहकारीका अध्यक्ष चौलागाईंको आरोप छ।                                                                                   सिताराम राउत : केही समय अगाडि देखि   गुडविल सहकारीको एक अर्व भन्दा बढी रकम हिनामिना गरी फरार रहेका सिताराम रावतले देउराली सहकारीको समेत ४० करोड झ्वाम पारी लापता भएका छन भने रावतलाई गुडविलका बचतकर्ता र देउरालीका अध्यक्ष चौलागाईंले खोजिरहेका छन ।                                    यसैगरी ललितपुर जिल्लाको सातदोबाटोमा केन्द्रीय कार्यलय रहेको देउराली सहकारीलाई टाटपल्टाउन सिताराम रावत, मुकेश अग्रबाल ,कमला खत्री ,हितेश केसी ,आसिस प्रधान ,जनप्रिय सहकारीका अध्यक्ष अबिनाश कार्की लगाएतका मिटरव्याजी हरुको महत्त्वपूर्ण भुमिका रहेको देउरालीका अध्यक्ष चौलागाईंले आरोप लगाँउदै आइरहेका छन ।                                            रुबिन महर्जन : उध्धयोग वाणिाज्य महासंघ ललितपुरका ललितपुरका पुर्व अध्यक्ष रुपेश महर्जनका सहोदर भाइ रुबिन महर्जनलेले देउराली सहकारीमा केही रकम बचत गरेबापत चक्रवति मिटर व्याजले १५ करोड नगद रुपयाँ लगेकोमा गत असार १२ गते देउराली सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईंले जिल्ला प्रशासन कार्यलय ललितपुरमा अनुचित लेनदेन (मिटर व्याज) को मुद्दा दर्ता गराए पछि प्रशासनको बोलावटलाई समेत अटेरगरी हाल सम्पर्क बाहिर रहेका छन ।                                                                                                           देवेन्द्र आचार्य : न्युरोडको देविवास सहकारी र किर्तिपुरको ज्वाला देवी सहकारी ,न्युरोडको टिपटप समोसा पसलको शैलेन्द्र शर्मा ,हार्नेस मुन मेनपावरको वासु श्रेष्ठ ,हार्डवेयर व्यावशायी विक्रम बाँनियाको समुहले विगत लामो समय देखि राज्यलाईनै चुनौती दिनेगरी समाजका कमजोर वर्गको जग्गा जमिन र धन सम्पत्तिमा गिद्दे नजर लगाई अनुचित लेनदेन (मिटर व्याज)को सुई घुमाई अकुत सम्पत्ति जोडन सफलभएका आचार्यले देउराली सहकारीबाट नगद ५० करोड रुपैया लगि हाल सम्पर्क बाहिर रहेका छन ।आचार्यले देउराली सहकारीबाट लगेको ऋण तिर्नुको सट्टा उल्टै सहकारीका सञ्चालक हरुलाई धम्क्याउँदै हिड्ने गरेका देउराली सहकारीकाहरुले बताँउदै हिड्ने गरेका छन ।                                                                                             यसैगरी गृहमन्त्रालय अनुचित लेनदेन ( मिटरव्याज) विरुद्ध कडारुपमा उत्रिएको अवस्थामा सरकारलाईनै चुनौती दिंदै  विसाल नारायण भारी ,सञ्जय अधिकारी ,मोहन घिमिरेको  समुहले काठमाडौंक‍ो न्युरोडलाई आधारईलाका बनाई खुलमखुल्ला मिटरव्याजी धन्दा चलाँउदै आइरहेको पाइरहेको छ ।मिटरव्याजी विशाल नारायण भारी र उनका श्रीमती भावना भारीको समुहले न्युरोडमा रहेको नेपाली शेनाको भवन भाडामा लिई जयन्ती कन्स्ट्रक्सनका मालिक खगेन्द्र पुन मगर ,गुडविल सहकारीका दिवाकर श्रेष्ठ र देउराली सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईं र‍ोडमा ल्याउने कुचेष्टा गरेको स्वंय चौलागाईंले बताएका छन । यतिमात्र नभएर विशाल नारायण भारीका समुहले ललितपुर जिल्ला प्रशासनले छलफलका लागि बोलाउँदा समेत अटेर गरि सम्पर्क बाहिर रहेको बताईन्छ ।                                         यस विषयमा मिटर व्याज आयोग ,ललितपुर प्रशासन र ललितपुर जिल्ला प्रहरी प्रशासनमा बुझ्दा तिनै तहका सम्बन्धित निकायले प्रशासनमा आएको उजुरीमा आवश्यक छलफल गरि कडा कार्वाही गरिने जानकारी दिएका छन ।

Facebook Comments Box
TOP
Shares