बढ्यो सुनको मूल्य
7.8kViews
0
Shares
काठमाडौँ । मंगलबार स्थानीय बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले नै बढ्दै १ लाख १७ हजार ४ सय ५० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
Facebook Comments Box
समाज
थप सामाग्री‘परान’को हिस्सा बन्न पाउँदा उत्साहित छुः केकी अधिकारी
January 25, 2025
1.9kViews 355 Shares Share on Facebook Share on Twitter काठमाडौँ । अभिनेत्री केकी अधिकारीले चलचित्र ‘परान’ को हिस्सा बन्न पाएकोमा…