बाराको पिपरपाती नाकाबाट व्यापक तस्करीको लाईन
कलैया । बाराको पिपरपाती नाकाबाट केही दिन यता व्यापक तस्करी भैरहेको छ। चोरी , तस्करी नियन्त्रण गर्न राज्यले सशस्त्र प्रहरी बललाई प्रमुख जिम्मेवारी दिएको भए पनि सशस्त्र प्रहरीकै संरक्षण र सेटिङमा यहाँबाट खुलेयाम तस्करी भैरहेको छ । सरकारले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकिरहेको अवस्थामा सीमावर्ती क्षेत्रमा खटिएका र राज्यले नै प्रमुख जिम्मेवारी दिएको सशस्त्र प्रहरी भने तस्करी रोक्न होइन कि संरक्षण गर्न लागिपरेको छ । अहिले पिपरपाती नाकाबाट तस्करीको लाइन पाउनेहरूमा अरबिन्द , मुकेश , भोला , माष्टर , बिगु , सुभाष , मौलाद्दीन , उपेन्द्र मुख्य छन् । अन्य सानातिना कारोबारी त दर्जनौं छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धेरै मेहनत पश्चात् सरकारको सहमतिमा तराईका जिल्लाका सम्बेदनशील र महत्त्वपूर्ण स्थानमा रहेका बिओपीलाई प्रस्तावित गुल्मका रूपमा कायम गर्न लगाई डिएसपी खटिएका छन् । त्यतिमात्र होइन यस्ता गुल्म र बिओपीमा खटिएका प्रमुखहरू तस्करी कार्यमा संलग्न रहेको भेटिएपछि एक बर्षको सट्टा ६÷६ महिनामा सरूवा गर्ने नीति बनाएका छन् । तर पनि चोरी तस्करी नियन्त्रणमा होइन यसरी खटिएका प्रमुखहरू झन् ६ महिनामा कमाउनु पर्छ भन्ने मान्यता राखेर हिडेको देखिन्छ । यहाँ पिपरपातीमा पनि यस्तै भएको छ। प्रस्तावित गुल्मका प्रमुख डिएसपी प्रेमसिंह धामीले तस्करी नियन्त्रण होइन झन् संरक्षण गरेका छन् । उनले व्यापारी र तस्करहरूसंग रकम उठाउनको लागि घुमुवाको रूपमा सिपाही जयप्रकाश यादवलाई परिचालन गरेका छन् । बाहिनी होस या मुख्यालय कतैबाट गुनासो वा उजुरी आए सिपाही जयप्रकाश यादव त कोर्टमाष्टर हो भन्ने देखाउनको लागि पनि यादवलाई कोर्टमाष्टरको जिम्मेवारी दिएर काम चाहिँ व्यापारी र तस्करसँग रकम उठाउने काममा लगाउने गरेको १२ नम्बर गणमा कार्यरत एक सिनियर अफिसरले नाम उल्लेख नगर्ने शर्तमा बताए । भारतबाट तस्करी गरि ल्याएको सामान नेपाल प्रहरीको पोष्ट नजिकै राखेर तस्यसपछि तस्करले गन्तव्यमा लैजाने कार्य गर्दै आइरहेका छन् । तस्करीमा सशस्त्र प्रहरीको संरक्षणका सम्बन्धमा हाम्रो स्थानीय संवाददाताले बारम्बार डिएसपी धामीसंग सम्पर्कको प्रयास गर्दा उनी सम्पर्कमा आएनन् ।
समाज
थप सामाग्रीकठ्याङ्ग्रिदो चिसोमा न्यायो बाँड्दै क्लोथ बैंक ,गरीब तथा विपन्नलाई न्यानो कपडा वितरण
December 12, 2024
1.8kViews 464 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । क्लोथ बैंक नेपालले विगत ६ वर्षदेखि आर्थिक अभावमा परेका…