कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौँ । संसद् बैठक अघि सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सोमबार अपराह्न चार बजे बस्ने संसद् बैठक अघि दिउँसो साढे १ बजे सभामुख घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

कार्य व्यवस्था परामर्श समितिको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बस्ने सभामुखको सचिवालयले जनाएको छ । परामर्श समितिको बैठकले संसद् बैठकको सम्भावित कार्यसूचीमा छलफल गरेर टुङ्गो लगाउने छ ।

Facebook Comments Box
TOP
434 Shares