राम्रो वातावरणमा संसद् अधिवेशन सुरु भएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो वातावरणमा हिउँदे अधिवेशन सुरु भएको भन्दै यो अधिवेशनबाट धेरैभन्दा धेरै विधेयक पारित गरेर कानुनहरू निर्माण गर्ने बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ’, प्रधानमन्त्रीले भने, ‘आज राम्रो वातावरणमा सुरु भएको छ अब अगाडि बढ्छ ।’

Facebook Comments Box
TOP
397 Shares