राष्ट्रिय सतर्कता केन्द्रद्वारा काठमाडौं महानगरमा छड्के
काठमाडौं महानगरपालिकामा राष्ट्रिय सतर्कता केन्द्रले छड्के अनुगमन गरेको छ।
आइतबार केन्द्रले गरेको छड्के अनुगमनमा काठमाडौं महानगरपालिका परेको सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए।
उनका अनुसार छड्के अनुगमनका क्रममा नौ जना कर्मचारीले तोकिएको पोशाक नलगाई उपस्थित भएको पाइएको छ। यस्तै दुई जना कर्मचारी भने कार्यकक्षमा नभेटिएको उनले बताए।
सोही क्रममा १० नम्बर वडा कार्यालयमा सात जना अनुपस्थित रहेको र एक जना कार्यकक्षमा नभेटिएको उनले बताए।सोही क्रममा १० नम्बर वडा कार्यालयमा सात जना अनुपस्थित रहेको र एक जना कार्यकक्षमा नभेटिएको उनले बताए।वडा नम्बर २९ को कार्यालयमा भने पाँच जना कर्मचारी अनुपस्थित थिए।
त्यसैगरी तीन जनाले तोकिएको पोशाक नलगाएको विज्ञप्तिमा उल्लेख छ। सोही वडा कार्यालयमा महिला पुरूषको शौचालय नछुट्याइएको, स्तनपान कक्ष नभएको, चमेना गृह नरहेको पनि पाइएको उल्लेख छ।
१० नम्बर वडामा भने स्तनपान कक्ष र चमेनागृह नभएको तथा सहायता कक्ष निर्माणाधीन अवस्थामा रहेको पाइएको जनाइएको छ।
समाज
थप सामाग्रीमाग्ने बूढाले मागे माफी
October 14, 2024
1.5kViews 374 Shares Share on Facebook Share on Twitter काठमाडौं । कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढाले) माफी मागेका छन्…