“ल्होछार पर्व मनाँउदा संस्कार र संस्कृतिको संरक्षण हुन्छ “: मन्त्री तिर्थ लामा
काठमाडौं ।गत शनिबार काठमाडौको बौद्धमा ” दाङ्बोला ग्युईठिम तामाङ संघ”को आयोजनामा हिमालयन महायानी बौद्धधर्मावलम्बीहरुको महान तिथि छ्युटल दुइचेन तथा ल्होछारको अबसरमा हाम्रो संस्कृति हाम्रो ,परम्परा भन्ने मुल नाराका साथ ल्होछार शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा काठमाडौंको बौद्ध जोरपाटी नयाँबस्तिस्थित होटल सन्बमा कार्यक्रमको उद्द्घाटन काभ्रेली युवाहरुको ढुकढुकी एवम् बाग्मती प्रदेशका खानेपानी , उर्जा तथा सिंचाई मन्त्री तिर्थ बहादुर लामाले उद्घाटन गरेका थिए।उक्त कार्यक्रममा बोल्दै मन्त्री लामाले “ल्होछार पर्व मनाँउदा संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन हुनका साथै भाषा, भेष- भुषा र कलाको संरक्षण र पर्यटन प्रबर्द्धनमा टेवा पुग्नेमा जोड दिँदै यस्तो कार्यक्रम आगामी दिनहरूमा पनि हुनुपर्ने बताए ।सो कार्यक्रममा खेन्बो सर्वोजित गोङ्बा तामाङले ल्होछारको बारेमा प्रवाचन दिदै ल्होछारको महत्त्वबारेमा प्रष्ट पार्नुका साथै तिनवटै लोछारलाई एउटै मालामा उन्न सके सुनमा सुगन्ध हुने बताएका थिए। त्यसैगरी गोकर्णेश्वर नगरपालिकाका उपामेयर साननानी लामा( तामाङ )ले सबै जातजातीहरुको संस्कार र सँस्कृतिलाई नगरपालिकाले समानरुपले हेर्नुका साथै बिकास निर्माणमा जोड दिने बताउनु भएको थियो।सो कार्यक्रम काभ्रे चौरीदेउरालीका समाजसेवी टेकराज मोक्तान र नृत्यकार करिना तामाङले संचालन गरेका थिए भने कार्यक्रममालाई रौनकता भर्न वरिष्ठ गायक बिजय लामा, प्रबिन्स मोक्तान , पोङ्दिला च्याङबा, मिना लामा लगायतका कलाकारहरुले आ -आफ्ना जोडदार प्रस्तुति दिएका थिए ।उक्त बौद्धधर्मावलम्बीहरुको महान तिथि छ्युटल दुइचेन कार्यक्रम सो संघका अध्यक्ष निक्मार तामाङको सभापतित्वमा सम्पन्न भएको थियो।सो कार्यक्रममा काभ्रेका साथै उपत्यकाका ल्होछार प्रेमीहरुको खचाखचका साथै उल्लेख सहभागीता रहेको थियोे ।
समाज
थप सामाग्री-
प्रधानमन्त्री केपी ओलीविरूद्ध अराजक अभिव्यक्ति दिनेहरूमाथि प्रहरीले बढायो निगरानी
-
गण्डकी प्रदेशका सांसद मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर
-
भारतसँग गरिएको १० हजार मेगावाट विद्युत् व्यापार सम्झौता विरुद्धको रिट खारेज
-
रवि लामिछानेका समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस प्रहार
-
जिल्ला अदालत कास्कीले म्याद नथपे पनि रवि रिहा नहुने
सनी लियोनीले फेरि गरिन् बिहे
November 5, 2024
1.3kViews 284 Shares Share on Facebook Share on Twitter नयाँ दिल्ली । बलिउड अभिनेत्री सनी लियोनीले दोस्रो पटक बिहे गरेकी…