संसद् बैठकअघि रविले बोलाए संसदीय दलको बैठक
काठमाडौँ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन बस्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वतयारीका लागि दलको बैठक बोलाएका छन् । संसद् सचिवालयले संसद् बैठक अपराह्न ४ बजे बोलाएको छ ।त्यसअघि रास्वपाले संसदमा कसरी प्रस्तुत हुने भन्ने सवालमा आफ्ना सांसदहरूसँग छलफल गर्न लागिएको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।
उनकाअनुसार बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बोलाइएको छ । यो पटक रास्वपाले अत्यावश्यक कानुन निर्माण र संविधान कार्यान्वयनमा सरकारमाथि दबाब बढाउने तयारी गरेको छ । त्यसका लागि संसद् र संसदीय समितिमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । सोमबार बस्ने बैठकमा दलका नेता रविले संसदमा प्रस्तुत गर्ने एजेन्डाबारे छलफल हुने अर्यालले बताए ।‘संसद् बैठकमा कसरी प्रस्तुत हुने विषयमा दलका नेताले सांसदहरूसँग छलफल राख्नुभएको हो । यसअघि बसेको बैठकमा सांसदहरूले आ–आफ्ना समिति र संसदमा उठाउने एजेन्डाबारे छलफल भएको थियो’, अर्यालले भने, ‘यो पटक अत्यावश्यक कानुन निर्माणमा हाम्रो ध्यान केन्द्रित गर्छौँ ।
संविधान कार्यान्वयनमा सरकारलाई प्रभावकारी रूपमा दबाब दिन्छौँ ।’यसअघि रविले विषयगत समितिमा रहेका सांसदहरूलाई तीन वटा प्रश्नको उत्तर लिएर आउन निर्देशन दिएका थिए । त्यसबारे माघ १९ गते बसेको दलको बैठकमा छलफल भएको थियो । यस्तै रास्वपाले सुशासन, विकास आयोजना निर्माण, जनजीविकाका विषयमा संसदमा कडा रूपमा प्रस्तुत हुने भएको छ ।
समाज
थप सामाग्रीकठ्याङ्ग्रिदो चिसोमा न्यायो बाँड्दै क्लोथ बैंक ,गरीब तथा विपन्नलाई न्यानो कपडा वितरण
December 12, 2024
1.8kViews 464 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । क्लोथ बैंक नेपालले विगत ६ वर्षदेखि आर्थिक अभावमा परेका…