गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा बागमती प्रदेश सरकारको चासो

काठमाडौँ ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अघि बढाउन बागमती प्रदेश सरकारले चासो देखाएको छ।बागमती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री उत्तम जोशीले रंगशाला सोमबार निरीक्षण गर्दै निर्माणका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गर्ने आश्वासन दिएका हुन्। रंगशाला निर्माणस्थल अवलोकनपछि अर्थमन्त्री लामाले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका हुन्। प्रदेश सरकारले ७० प्रतिशत बजेट विनियोजन गर्ने उनले बताए।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई पनि उनले रंगशालामा बजेट पार्ने विश्वास दिलाए।देशकै गौरवको आयोजना प्रदेशमा भएकाले यसलाई पूरा गर्नु प्रदेश सरकारको दायित्व रहेको बताउँदै मन्त्री लामाले भने, ‘रंगशाला निर्माणमा प्रदेश सरकारको चासो छ। हामी बजेट सुनिश्चित गरेरै अघि बढ्छौं। ढुक्क हुनुस्।’महानगर उपप्रमुख चित्रसेन अधिकारीले रंगशाला निर्माणमा प्राप्त आश्वासनले आशा जगाएको बताए।

मन्त्री लामासँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, बागमती प्रदेशसभा सदस्य गीता गुरुङ, माया श्रेष्ठ, भरतपुर महानगरपालिका- १५ का वडाध्यक्ष श्रीकृष्ण देवकोटा रंगशाला निर्माणस्थल पुगेका थिए।

Facebook Comments Box
संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
३ घण्टा अगाडि

1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…

TOP
114 Shares