जापानद्वारा नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण

काठमाडौँ । जापान सरकारले नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण गरेको छ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण गरेका हुन् । काठमाडौँस्थित जापानी राजदूतावासमा भएको कार्यक्रममा सो पोसाक हस्तान्तरण गरिएको थियो ।
बेइजिङमा २००८ मा भएको ओलम्पिकमा भाग लिनुभएका देवु थापाको समेत हस्तान्तरण कार्यक्रममा सहभागिता रहेको थियो । जापान सरकारको खेलकुद कूटनीति अभिवृद्धि परियोजनाअन्तर्गत अखिल जापान जुडो महासंघ र गैरनाफामुलक संस्था जुडोजले जुडो पोशाकहरु उपलब्ध गराएको हो । यस अवसरमा राजदूत किकुटाले जुडोको दैनिक अभ्यासबाट युवा जुडो खेलाडीहरूले जुडोमा सीप मात्रै नभई स्वस्थ शरीर र अदम्य मनोभावका साथै शिष्टाचार पनि सिक्न सक्ने कुरामा जोड दिए ।
त्यसैले जुडोले युवाको शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने उनको विश्वास छ । आज हस्तान्तरण गरिएको जुडो पोशाकले नेपाली जुडो प्रेमीहरूको उत्साहलाई बढावा दिनुका साथै नेपालको भविष्यका रूपमा रहेका नेपाली युवाहरूको स्वस्थ विकासमा सकारात्मक भुमिका खेल्ने जापानी दुतावासले अपेक्षा गरेको छ ।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…