पाल्पामा तीन जना मृतावस्थामा फेला

काठमाडौँ । पाल्पामा तीन जना मृतावस्थामा फेला परेका छन्। दुई जना पुरुष र एक जना महिला गरी तीन जना सोमबार मृत फेला परेका हुन् । मृत फेला पर्नेमा जिल्लाको रिव्दीकोट गाउँपालिका–८, काहुले बस्ने ४२ वर्षकी श्यामकला गाहा र  उनका श्रीमान् ५३ वर्षका अम्मरबहादुर गाहा रहेको प्रहरीले जनाएको छ। श्रीमती आफ्नै घरको बिस्तरामा र श्रीमान् अर्को कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। पोष्टमार्टमको लागि जिल्ला अस्पताल तानसेन पठाएको छ ।

यस्तै, रिव्दीकोट–२, दम्बक बस्ने ६५ वर्षका भक्तबहादुर सार्की आफ्नै गोठको तल्लो तलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुवै घटनाको बारेमा थप अनुसन्धान कार्य चलिरहेको सूचना अधिकारी डिएसपी  सुगन्ध श्रेष्ठले जानकारी दिए।

Facebook Comments Box
संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि

1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…

TOP
376 Shares