म्याद गुज्रिएको खाद्य सामाग्री बेचेको आरोपमा ललितपुरको एक खाद्य उद्योगमा सिल

म्याद गुज्रिएको खाद्य सामाग्री बेचेको आरोपमा ललितपुरको एक खाद्य उद्योगमा  सिल गरिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा हिजो महालक्ष्मी नगरपालिका–८ स्थित मिनाक्षी खाद्य उद्योग सिल गरेको छ ।

म्याद गुज्रिएका खाद्य सामग्री नयाँ लेभलिङ गरी आफूखुशी बजारमा पुर्याएर आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरेको अभियोगमा उद्योग सिल गरिएको प्रहरीको भनाइ छ । उद्योगमा म्याद गुज्रिएका विभिन्न खाद्य सामग्री, मसला र म्याद मेटाउने स्पिरिट तथा लेभलिङ गर्ने मेसिन समेत फेला पारिएको छ ।

उद्योगका सञ्चालकलाई विभागले तीन दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ ।

Facebook Comments Box
TOP
247 Shares