सहकारी ठगी प्रकरण : सहकारी ठगीका महर्जन विरुद्ध रेड नोटिस जारी

काठमाडौं । ललितपुर जिल्लाको पुल्चोकमा केन्द्रीय कार्यलय रहेको  सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको छ । ठगीसम्बन्धी कसूरका फरार प्रतिवादी उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरेर पक्राउका लागि रेड नोटिस जारी भएको बताइएको छ । विगत केही वर्ष अगाडि  देखिनै सहकारीको नाममा ठगी धन्दा चलाउँदै आएका महर्जन हाल ठगी धन्दाको कालो बादल बाट जोगिन  बेलायत तिर भागेका बुझिन्छ । ललितपुरका स्थानीयहरुका अनुसार महर्जनलाई  नेपाली काङ्ग्रेसका प्रभावशाली नेता बाटनै आशीर्वाद  दिएको बुझिएको  छ ।

उनीविरुद्ध रेड नोटिस जारी गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अपराध अनुसन्धान विभागको ईन्टरपोल शाखालाई गत बिहीबार पत्राचार गरेको थियो । शुक्रबारका दिन ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको शाखाले जनाएको छ ।

सहकारीको अर्बौं रकम हिनामिना गरेपछि फरार भएका उनीविरुद्ध बचतकर्ताहरुले सीआईबीमा उजुरी दिएका थिए । त्यस्तै, उनलाई ईन्टरपोलमार्फत पक्रेर नेपाल ल्याउन र निक्षेपकर्ताको लगानी सुरक्षित गराउन बाग्मती प्रदेशको सहकारी विभागले समेत सिआईबीलाई पत्राचार गरेको थियो ।

महर्जनले हिनामिना गरिएको करोडौं रुपैयाँ लिएर लामो समयदेखि बेलायतको राजधानी लण्डनमा बस्दै आएका छन् ।

Facebook Comments Box
TOP
321 Shares