सोनाले र्‍यापरहरुसँग मिलेर ल्याइन् ‘आइ एम द सुपरस्टार’

काठमाडौँ । गायिका सोना अमात्यले र्‍यापर गिरिश खतिवडा र बुलेट फ्लोसँगको सहकार्यमा गीत ‘आइ एम द सुपरस्टार’ सार्वजनिक गरेकी छन् । गीतमा सुरज विक्रम थापा(बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द र सङ्गीत छ । गीतको भिडियोमा गायिका सोना, र्‍यापर गिरिश खतिवडा र बुलेट फ्लोको अभिनय छ । विशाल खरातको निर्देशन रहेको भिडियो आलोक शुक्लाले छायांकन गरेका छन् ।

निर्देशक विशालकै सम्पादन रहेको भिडियोमा प्रशान्त तामाङ र इश्वर बल्लभ उप्रेतीको कोरियोग्राफी छ । गीतको कथाले सबै भित्रको जन्मजात सुपरस्टारलाई जोड दिएको छ । गीत श्रोताको रोजाइमा पर्ने विश्वास आफूले लिएको गायिका सोनाले बताइन् ।

Facebook Comments Box
TOP
297 Shares