खाद्य कम्पनीद्वारा चामल खरिद सम्बन्धी सम्झौताका लागि आह्वान
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदसम्बन्धी सम्झौताका लागि आह्वान गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै १४ हजार क्विटल चामल खरिद गर्न सम्झौताका लागि आह्वान गरेको हो । कम्पनीले चालु आर्थिक वर्ष २०८०/०८१ मा चामल खरिदका लागि विद्युतीय माध्यमबाट मिति २०८०/०९/०६ गते बोलपत्र आह्वान गरेको थियो ।
बारा जिल्लास्थित लक्की राइस मिल र सप्तरी जिल्लामा पर्ने श्याम बाबा राइस मिल प्रालिलाई १५ दिन भित्र चामल खरिद/विक्री सम्बन्धी सम्झौता गर्न सूचनामा भनिएको छ ।सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा ३ र ४ बमोजिमको नियमानुसारको कार्यसम्पादन जमानत लिई वा नगद धरौटी दाखिला गरी प्रधान कार्यालय, खरिद विभाग ( खरिद एकाइ) मा उपस्थित भई चामल खरिद विक्री सम्बन्धी सम्झौता गर्न भनिएको छ ।
समाज
थप सामाग्री-
हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
-
यू-१९ महिला विश्वकपः नेपालद्वारा बंगलादेशलाई ५३ रनको लक्ष्य
-
यू १९ महिला विश्वकपः बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
-
बक्स अफिसमा कंगनाको ‘इमर्जेन्सी’ को कमजोर प्रदर्शन
-
इजरायली मन्त्रिपरिषद्द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने
अमेरिकामा कहिलेदेखि बन्द हुन्छ टिकटक ?
January 18, 2025
1.1kViews 297 Shares Share on Facebook Share on Twitter वासिङ्टन डिसी । चिनियाँ कम्पनी टिकटकले अमेरिकी सरकारले कुनै कदम नउठाए…