जतिसुकै शक्तिशाली व्यक्ति भए पनि सार्वजनिक जग्गा हडप्नेलाई कारवाही गर्नुपर्छ: गगन थापा
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जतिसुकै शक्तिशाली व्यक्ति भए पनि कानुन विपरित काम गर्नेले सजाय पाउनुपर्ने बताएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीलगायतलाई लक्षित गर्दै प्रतिनिधसभाका सांसद समेत रहेका थापाले सो कुरा बताएका हुन् ।
‘राजनीतिक, आर्थिक रुपमा जतिसुकै शक्तिशाली व्यक्ति होस्, सार्वजनिक जग्गा हडप्नेले सजाय पाउनु पर्छ ।’ प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद थापाले भने,’चाहे जग्गा मिच्ने होस्, सहकारी ठग्ने होस् यताको होस् कि उताको होस् दोषीले सजाय पाउनैपर्छ ।’
बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई थुनामा छन् ।गत माघ १८ गते बिहीबार पक्राउ परेका उनीहरूलाई आज छाड्न काठमाडौं जिल्ला अदालतको आदेश छ ।
समाज
थप सामाग्रीइजरायली मन्त्रिपरिषद्द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने
January 18, 2025
1.1kViews 443 Shares Share on Facebook Share on Twitter तेल अभिभ । इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न…