विकासका काममा सरकारले आफूखुसी गरेको संसद् सिंहको आरोप
काठमाडौँ । सांसद अमरेशकुमार सिंहले सरकारले विकास निर्माणका कामहरू अवरुद्ध गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले विकासका कामहरू अर्थमन्त्री प्रकाशशरण महत, शेरबहादुर देउवा र पुष्पकमल दाहालको निर्वाचन क्षेत्र भएका जिल्लामा मात्रै भएको भन्दै बाँकी ७४ जिल्लालाई किन बेवास्ता गरिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई प्रश्न गरे ।
उनले भने, ‘यो सरकारमा विकास निर्माण अवरुद्ध गर्न नै खोजिएको हो । गत आर्थिक वर्षमा काम गरेको निर्माण व्यवसायीको भुक्तानी भएको छैन, नयाँ काम सुरु भएको छैन । काम सुरु भएको छ जम्मा तीन जिल्लामा, अर्थमन्त्रीको जिल्ला नुवाकोट, सत्ता गठबन्धनको जिल्ला डडेलधुरा र अर्को चितवन बाँकी ७४ जिल्लामा विकास निर्माण हुनुहुँदैन ? भौतिक पूर्वाधार मन्त्री यहीँ हुनुहुन्छ, सोध्न चाहन्छु ।’ यस्तै, उनले ठेक्का लागिसकेको योजनामा पनि काम नभएको भन्दै यो देश तीन जिल्लाको मात्रै नभएको बताए ।
उनले भने, ‘ठेक्का लागिसकेको छ, त्यसमा काम किन नहुने ? यो तीन जिल्लाको मात्रै यो देश हो वा तीन जनाको मात्रै यो देश हो ? किनभने अहिले पनि २ खर्बभन्दा बढीको नुवाकोटमा, गोरखा, चितवनमा आयोजना स्वीकृत भएको छ ।’
समाज
थप सामाग्रीकठ्याङ्ग्रिदो चिसोमा न्यायो बाँड्दै क्लोथ बैंक ,गरीब तथा विपन्नलाई न्यानो कपडा वितरण
December 12, 2024
1.8kViews 464 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । क्लोथ बैंक नेपालले विगत ६ वर्षदेखि आर्थिक अभावमा परेका…