शिक्षा शाखा प्रमुखलाई कालो मसो दल्ने रम्तेल पक्राउ
कैलाली । शिक्षा अधिकृतलाई कालो मोसो दल्ने एकजना पक्राउ परेका छन ।कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ४ बस्ने लम्कीचुहाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो दलेको आरोपमा लम्कीचुहा नगरपालिका वडा नं ९ का ३१ वर्षीय नेकपा क्रान्तिकारी (वैद्य) सुदूरपश्चिम युवा संगठन इञ्चार्ज भुवन रम्तेल पक्राउ परेका हुन् ।
उनलाई सुप प्र.०१–००९ प ७३२२ नम्बरको मोटरसाइकलसहित कैलारी गाउँपालिका –,७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।सोमबार कार्यालयबाट घर फर्कने क्रममा शिक्षा अधिकृत न्यौपानेलाई बलिया स्थित पुर्ब पश्चिम राजमार्गमा ४/५ जनाले कालो मोसो दलेका थिए ।
समाज
थप सामाग्रीभक्तपुर महोत्सव सुरु
December 13, 2024
1.1kViews 465 Shares Share on Facebook Share on Twitter भक्तपुर । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको…