बारामा सवारी दुर्घटना : दुईजनाको मृत्यु, तीन घाइते
बारा– बाराको पथलैयामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन् ।
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका– २१ स्थित आधाबारमा बोलेरो र ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामकुमार महतोले हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बोलेरो र विपरित दिशाबाट जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक एकापसमा ठोक्किएको जानकारी दिए ।
दुर्घटनामा मृत्यु भएका तथा घाइतेको पहिचान खुल्न सकेको छैन । घाइतेहरूको पर्वानिपुरस्थित एल एस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
समाज
थप सामाग्रीसरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैनः अर्थमन्त्री पौडेल
January 19, 2025
1.2kViews 446 Shares Share on Facebook Share on Twitter काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैंक…