मिड सोलु हाइड्रोपावरको ‘लक इन पिरियड’ चैत १० गतेदेखि समाप्त हुने

काठमाडौँ । मिड सोलु हाइड्रोपावर लिमिटेडको लक इन पिरियड आगामी चैत १० गतेदेखि समाप्त हुने भएको छ । कम्पनीले गत असोजमा जारी पुँजी ७४ करोड ८४ लाख को २० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई निष्कासन गरेको थियो । सोमध्ये ५ प्रतिशतले हुन आउने ३७ हजार ४२० कित्ता सेयर कम्पनीले सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको थियो ।
नेपाल धितोपत्र बोर्डको २०८० मङ्सिर २५ गतेको निर्देशनअनुसार सामूहिक लगानी कोषले खरिद गरेको धितोपत्र सङ्गठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्कासन गरी बाँडफाँड भएको मितिले ६ महिना पुरा नभएसम्म विक्री वा हस्तान्तरण गर्न नपाउने भन्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम उक्त सामूहिक लगानी कोषलाई वितरण गरिएको ५ प्रतिशत शेयरहरूको इल इएन अवधि २०८० चैत १० गतेपछि खुल्ला हुने हुँदा सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटले सार्वजनिक सूचना गरेको हो ।
साथै लक इन अवधि समाप्त हुने सम्बन्धी सूचना सम्पूर्ण लगानीकर्ता तथा सरोकारवालाहरूलाई जानकारीको लागि मिति २०८०/११/१० गते राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिएको समेत क्यापिटलले अनुरोध गरेको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
आज चैत ५ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
गाईलाई कुटीकुटी नदीमा हाल्ने वडाध्यक्षसहित अन्यलाई बाजुरा सदरमुकाम झिकाउन निर्देशन
-
मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
-
आज चैत ४ गते सोमबारको राशीफल :पशुपतिनाथ भगवानले रक्षा गरुन
-
नेपाल प्रहरीको ३१ औं महानिरीक्षक दिपक थापा हुने लगभग निश्चित

कैलालीमा १७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ
२ दिन अगाडि
1.4kViews 418 Shares Share on Facebook Share on Twitter धनगढी । कैलालीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको छ ।…