मोरङ प्रहरीमा सिंघम एसपी कार्कीको प्रवेश : अपराधीहरु कठघरामा पर्दै
विराटनगर ,फागुन १६। प्रहरी संगठनकै काबिल एसपी नवराज कार्कीले मोरङ जिल्लाको कमाण्ड सम्हालेपछी अपराधीहरु भटाभट पक्राउ पर्न थालेका छन ।एसपी कार्कीको मुल मन्त्र “फास्ट एक्सन” पछि मोरङ जिल्लाबाट एकैदिन ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ परेका हुन । प्रहरीले हिजो मंगलबार मात्रै ५९ जनालाई पक्राउ गरेको हो ।अपराधजन्य क्रियाकलाप बिरुद्ध शुन्य सहनसीलता अपनाउने एसपी कार्की भन्छन् ” अपराधजन्य गतिविधिमा संलग्न भएर लामो समयदेखि फरार रहेकाहरूलाई पक्राउ गरिएको हो यो क्रम जारी रहन्छ ।”
एसपी कार्कीका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई यसअघि नै विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरिसकेको थियो । अझ एसपी कार्की अगाडि बढ्दै भन्छन ” अदालतले दोषी ठहर गर्दै कैद सजाय तथा जरिवानाको फैसला समेत भईसकेका प्रतिवादीहरू कैद र जरिवाना भुक्तान नगरिकन अदालतलाई समेत झुक्याएर अपराधजन्य कर्ममा लागेका पाईएको थियो ।”
यसरी सम्मानित अदालतको अँखामा छारो हाल्दै फरार रहेका व्यक्तिहरुलाई प्रहरीले हिजो मंगलबार नै अदालतमा बुझाइएको छ । मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये ८ जना कैद र ५१ जना जरिवानाको फैसला भएका प्रतिवादीहरु हुन। सम्मानित अदालतको फैसलालाई समेत बेवास्ता गर्दै फरार रहेका अधिकांश अपराध कुकर्मका भागीदारहरु मध्ये जबरजस्ती करणी, सवारी ज्यान, सवारी अंगभंग,ठगी,अभद्र व्यवहारलगायतका मुद्दामा दोषी ठहर भएर पनि भागिरहेका प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइएको सिंघम एसपी कार्कीले बताएका छन ।
यस्तै, अपराध कुकर्ममा लागेका सो व्यक्तिहरुलाई पक्राउ गरेर प्रहरीले अदालतमा पेस गरेपछि कैदको फैसला भएकाहरूलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीले बताएका छन । सुवेदीका अनुसार जरिवानाको फैसला भएकाहरु जरिवानावापतको रकम बुझाएर केहि छुटेका छन भने केही अपराध कर्मको सजाय भोग्दै छन ।
मोरङ प्रहरी सोर्तका अनुसार जिल्लाबाट अझै ३ हजार ६ सय ४ जना फरार प्रतिवादी पक्राउ पर्न बाँकी छन् । अपराधमा संलग्न भए वापत अदालतले दोषी ठहर गरेपनि कैद सजाय र जरिवाना भुक्तान नगरिकन फरार रहेका धेरै प्रतिवादीहरु पक्राउ पर्न बाँकी नै छन । मोरङको कमाण्ड सम्हालने बितिकै एसपी कार्कीले ‘फरार प्रतिवादी पक्राउ विशेष अभियान’ चलाएर प्रतिवादीलाई पक्राउ गर्न विशेष टोली परिचालन गरेको बताएका छन ।
यसैगरी एसपी कार्कीले जिल्लामा कमाण्ड सम्हाले लगतै प्रहरीहरुलाई निर्देशन दिने क्रमम “अपराधजन्य गतिविधिमा शुन्य सहनसिलता”भन्ने वाक्य उच्चारण लगत्तै मातहतका प्रहरीले विशेष अभियान चलाएसँगै प्रतिवादी भटाभट पक्राउ पर्न थालेका हुन् । ‘प्रतिवादीलाई पक्राउ गरेर अपराध गर्दा कानुनले कुनै पनि हालतमा छाड्दैन भन्ने सन्देश दिन चाहन्छौं,’एसपी कार्कीले भने,‘विगतमा भएका अपराधमा संलग्न फरार पक्राउलाई प्रहरीले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’
एसपी कार्कीका अनुसार “अपराधमा कर्ममा संलग्नहरु खुलेयाम हिँडडुल गर्दा समाज भयभीत भइरहेको थियो भने पीडक पक्राउ नपर्दा अपराधीको अपराध कर्मबाट पीडित भएकाहरु झन् ठूलो तनावमा र त्रासमा पर्ने गरेको उनले बताए ।यस्तै कानुन कार्यान्वयनप्रति आमसार्वसाधारणलाई सशंकित हुन नदिन र पीडितलाई न्याय दिलाउन विगतका अपराधमा संलग्नलाई पक्राउ गर्नु प्रहरीको दायित्व भएको कार्की बताउँछन् ।
‘प्रतिवादी पक्राउ पर्दा पीडितले न्याय एवं राहतको महसुस गर्न पाउँछन् । उनीहरु डर एवं भयबाट मुक्त हुन्छन्,’उनले भने,‘प्रहरीको कामकारबाहीप्रति समाजमा विश्वास बढ्छ । पीडक पक्राउ नपर्दा पीडित झन् ठूलो पीडामा पर्नुपर्ने अवस्था हुन्छ ।’
कानुन कार्यान्वयन गर्ने निकायको सक्रियता र तदारुकताले नै समाजमा पीडितमैत्री वातावरण निर्माण हुने उनले बताए । समाजमा पीडक खुलेआम हुने र पीडित झन् तनावमा पर्नुपर्ने अवस्था आउन नदिन तथा समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन प्रहरी सक्रियता बढाइएको जानकारी एसपी कार्कीले दिए ।
उनले विगतमा अपराधमा संलग्नहरु कतै फेला परेमा तत्काल प्रहरीलाई खबर गर्न पनि सबैमा आग्रह गरेका छन् । फरार प्रतिवादीका बारेमा जानकारी गराउनेको विवरण गोप्य राखिने र प्रतिवादीलाई पक्राउ गर्न तत्काल प्रहरी परिचालन गरिने कार्कीले बताए ।
समाज
थप सामाग्रीसरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैनः अर्थमन्त्री पौडेल
January 19, 2025
1.2kViews 446 Shares Share on Facebook Share on Twitter काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैंक…