जनरक्षा फ्लोअप : अख्तियारको निशानामा महानिर्देशक अधिकारी ,बल्ल तान्यो सि-०३९९७७० को उजुरीले

काठमाडौं । भ्रष्टाचारीको पहुँच तबसम्म हुन्छ, जबसम्म आर्थिक चलखेल भइरहन्छ । हो, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको पनि अब दिन सकिएको छ । उनीमाथि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार प्रकरणमा बयान लिन थालेको छ । २०७९ वैशाख २१ गते दर्ता भएको सि-०३९९७७० को उजुरीको बल्छीले ढिलै सहि प्राधिकरणका महानिर्देशक ई.प्रदिप अधिकारीलाई उसको शक्तिकेन्द्रको पहुँच छिचोलेर तानेको छ । अब महानिर्देशक अधिकारीमाथि भ्रष्टाचारको अभियोग डामिने दिन टाढा छैन ।
जनरक्षाले यसअघि पटक-पटक महानिर्देशक अधिकारीले गरेका भ्रष्टाचारजन्य गतिविधि बारे विस्तृत समाचार प्रकाशमा ल्याउनुका साथै उनले बनाएको विलासितायुक्त आलिसान महलको तस्वीर समेत प्रकाशन गरेको थियो । भ्रष्टाचार प्रकरणबाट मुक्ति पाइराख्न यसअघि महानिर्देशक अधिकारीले निर्वाचन प्रमुख आयुक्त दिनेश थपलियासँग निकट सम्वन्ध राखेका थिए । उनले प्रमुख निर्वाचन आयुक्त थपलियामार्फत् संखुवासभा नै घर भएका र बच्चादेखि पछिल्लो समयका सहपाठी अख्तियारका प्रमुख आयुक्त प्रेम राईसँग पनि उस्तै सम्वन्ध स्थापित गर्न सकेको अवस्था थियो । त्यसो त भ्रष्टाचारले डुड्गड्ड्ती गन्हाएका अधिकारीले अख्तियारकै आयुक्त डा. हरि पौडेललाई आफूले मिलाएको, अर्का आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्य आफ्नै व्याचमेट भएको सार्वजनिक रुपमै बताउने गरेका थिए । तर, आर्थिक अनियमितताले सिमा मिचेको अवस्थामा अख्तियारकै प्रभावशाली उनीहरु कोही पनि महानिर्देशक अधिकारीको सारथी बनिरहन चाहेनन्, सकेनन् । र, भ्रष्टाचार आरोपमा बयानका लागि डाकेरै छाडियो । सायद अब भ्रष्टाचारीका रुपमा डाम्ने दिन पनि त्यती टाढा नहुनै पर्छ ।
सत्तासिनलाई नै प्रभावमा पार्न सकेकै कारण आफूभन्दा दर्जन बढी वरिष्ठलाई पन्छाएर नागरिक उड्डयन विभागको महानिर्देशक हुन सफल ई. प्रदिप अधिकारीले भैरहवा, पोखरा, काठमाडौं विमानस्थलमा के कसरी भ्रष्टाचार गरे ? भ्रष्टाचारको काण्ड ढाकछोप गर्न कसकसलाई कहाँकहाँ खुसी पारे ? भन्ने २०७९ वैशाख २१ गते दर्ता भएको सि-०३९९७७० को उजुरीमै प्रष्टरुपमा उल्लेख छ ।
यसअघि २०७० सालमा विवादास्पद छविका व्यवसायी दिपक मलहोत्राले नै काठमाडौंकै विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणकै २६ रोपनी जग्गा व्यवसायिक कम्प्लेक्स बनाउने नाममा लिजमा लिएर सम्झौता विपरित अनियमित ढंगले कम्प्लेक्स निर्माण गरेको विषय आज प्रयान्त विवादमा छ । उक्त भवन निर्माणका क्रममा नागरिक उड्डयनका तर्फबाट अधिकारीले नै हेर्ने जिम्मेवारी पाएका कारण स्वीकृत नक्सा विपरित निर्माण कार्य हुँदा पनि निर्माण कार्य रोकिएन । महालेखाले समेत आफ्नो प्रतिवेदनमा उक्त व्यवसायीक कम्प्लेक्सका बारेमा कैफियत जनाएको अवस्था छ ।
पुर्खाैली घर लमजुङ रहेका अधिकारी अति सामान्य आर्थिक अवस्थाका हुन्, चितवनको चैनपूर बसोबास गर्दै आएका उनले भ्रष्टाचार गरी जुटाएको धनले छोटै समयमा ललितपुर महानगर पालिका १५ खुमलटारस्थित ‘खुमलटार हाईट मार्ग पूर्व’मा विशाल महल खडा गरेका छन् । आधुनिक मात्र नभएर आलिसान घर नम्बर २८४ को निर्माणमा लागेको खर्चले पनि प्रदिप अधिकारीको सम्पत्तिको स्रोतमाथि प्रश्न उठाउने गरेको छ ।
विभिन्न राजनैतिक दलका प्रायजसो शिर्षनेतासँग उस्तै सामिप्यता गाँस्दै आएका हवाई अड्डाका महानिर्देशक ई. प्रदिप अधिकारी अख्तियारमा बयानका लागि जाँदा मात्रै पनि त्यस अड्डाका अधिकांश कर्मचारी हर्षित छन् भने उनीमाथि भ्रष्टाचारीको बिल्ला लगाइँदा दिप प्रज्ज्वलन हुने त्यहाँकै कर्मचारी बताउँछन् ।        यस्तो थियोे जनरक्षाले विगतमा प्रकाशित गरेका समाचार :- छोटै समयमा प्रदिप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडीयो डीजी साप ?

काठमाडौं  भदौ  १२ । नेपाल नागरिक उड्डयन प्राधिकरण ‘क्यान’का महानिर्देशक प्रदीप अधिकारी विभिन्न परियोजनाको ‘प्रोजेक्ट म्यानेजर’ हुँदा जुटाएको मध्येको ठूलो धनराशी खर्चेर महानिर्देशक भएको प्रष्टीँदै आएको छ।
छोटो समयमै ‘क्यान’ अन्तर्गतका परियोजनाको आयोजना प्रमुख बनेर उनले करोडौ कमाएका थिए । यतिसम्म कि, अर्काको नाममा दर्ता गर्न लगाएर पनि उनले परियोजनाको कन्सल्टेन्ट कम्पनीसमेत आफैँले चलाएका छन् ।
पूखौंली घर लमजुङ रहेका अधिकारी चितवनको चैनपूर बसोबास गर्दै आएका थिए । २०६४ मा सिभिल इन्जिनियरको रुपमा प्राधिकरणमा ७ औँ तहमा छिरेका उनी अहिले ११औँ तहमा छन् । सँगै, प्रवेश गरेकाहरु ९ औँ तहमै सिमित छन् । तर उनी आफूभन्दा बरिष्ठलाई पन्छाएर प्राधिकरणको महानिर्देशक बन्न सफल भएका छन् ।
विगतमा प्रत्येक परियोजनामा फरक-फरक व्यक्ति आयोजना प्रमुख रहँदै आएकोमा अधिकारीले आर्थिक प्रभावमा पारेर तत्कालिन प्राधिकरण महानिर्देशक सन्जिव गौतम महानिर्देशक भएपछि पोखरा, भैरहवा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजनामा प्रमुख बनेर आर्थिक रुपमा दाँई खेल्ने कसरत सुरु गरेका हुन् । ३ वटै ठूला परियोजनाको आयोजना प्रमुख भएकै बेला उनी ‘सिभिल चिफ’ पनि बने । एकातिर ठूला आयोजनाको आयोजना प्रमुख र अर्कोतिर कार्यालयको ‘सिभिल चिफ’ बनेर उनले गर्नुसम्मको आर्थिक घोटला गरेको बताइन्छ ।  स्रोतका अनुसार अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उनी विरुद्ध परेका आर्थिक अनियमितताका उजुरी उपर गोप्य ढंगबाट छानविन भइरहेको छ भने सम्पत्ति सुद्धीकरण विभागले पनि प्राप्त उजुरी उपर आफ्नै ढंगले अनुसन्धान गरिरहेको छ । लुकाएको धन त लुकाएकै भयो, देखाएकै अर्थात अनियमितरुपमा जोडेको धनले छोटै समयमा ललितपुर महानगर पालिका १५ खुमलटारस्थित ‘खुमलटार हाईट मार्ग पूर्व’मा विशाल महल खडा गरेका छन् । आधुनिक मात्र नभएर आलिसान घर नम्बर २८४ को निर्माणमा लागेको खर्चले पनि प्रदिप अधिकारीको सम्पत्तिको स्रोतमाथि प्रश्न उठाउने गरेको छ ।

महानिर्देशक अधिकारी अवस्था अनुसार सम्वन्ध गाँस्न खप्पिस छन् । उनले गोरु बेचेको समेत साइनो नपर्ने तर आफूलाई महानिर्देशक बनाएर गुण लगाउने तत्कालिन पर्यटन मन्त्री प्रेम आलेलाई सार्वजनिक रुपमै ‘दाई’ सम्वोधन गर्थे । अधिकारीले आलेसँग मात्रै होईन, यसअघिका ३ जना पर्यटन मन्त्रीसँग पनि यस्तै खालको सम्बन्ध बनाएर ‘प्यारो’ बन्दै मालदार परियोजनाहरु आफ्नो ‘कमाण्ड’मा राख्ने गरेको उनलाई बुझ्नेहरु बताउँछन् । स्वर्गीय रवीन्द्र अधिकारी, त्यसपछि पर्यटन मन्त्री बनेका योगेश भट्टराई र भानुभक्त ढकालदेखि पछिल्लो समय प्रेम आले र हालका पर्यटमन्त्री जीवनराम श्रेष्ठ सम्मलाई उनले ‘आफ्नो’ बनाईसकेका छन् ।
यतिसम्म की, खुमलटार, बालुवाटार, कोटेश्वर, तत्कालिन पर्यटनमन्त्री प्रेम आले र पर्यटन सचिव महेश्वर न्यौपाने ‘साउन १६ गते रिटायर्ड’लाई गरी मोटो रकम भेटि चढाएर आफूभन्दा वरिष्ठलाई पन्छ्याउँदै प्रदीप अधिकारी महानिर्देशक बनेको चर्चा आज पनि प्राधिकरण भित्र चल्ने गर्छ । प्रशासनिक तर्फका सिनियर १२ औं तरहका आधा दर्जन व्यक्तिहरु भोलाप्रसाद गुरागाईं, प्रतापबहादुर तिवारी, हंशराज पाण्डेय, देवचन्द्रलाल कर्ण, गोविन्दप्रसाद दाहाल र प्रेमनाथ ठाकुर लाई पन्छाएर ११ औं तहका प्राविधिक सिभिल इन्जीनियर के-कसरी महानिर्देशक बनाइए ? आफैँमा उदाहरण बनेका प्रदिप अधिकारी नै जवाफविहीन छन् । तर, उनी आफैँ अब ८ वर्ष आफू क्यानको महानिर्देशक बन्ने ठोकुवा गर्दै हिँड्ने गर्नुले उनको मिलीभगत को-कोसँग होला ? कल्पना मात्र गरौं ।                                                                यस्तोसम्म गरेका थिए हवाई अड्डाका प्रमुख अधिकारीले  कमाउधन्दाका नाममा आर्थिकलाभ :-                           प्रदिप अधिकारीको हवाई अड्डामा उपद्रो ? को कसको छ धाप र साथ ?

काठमाडौं । भ्रष्टाचारीको पहुँच कहाँसम्म हुन्छ ? उनीहरुले आवश्यकता अनुसार कसलाई मात्र आफ्नो प्रभावमा पार्दैनन् ? आफ्ना काला कर्तुत लुकाउन के मात्रै योजना बनाउँदैनन् ? त्यो हेर्न बुझ्न नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदिप अधिकारीका व्यवहारलाई नजिकबाट नियाल्दा प्रष्ट हुन्छ ।
आफूले विभिन्न स्थानमा गरेको भ्रष्टाचारजन्य प्रपञ्च छल्ने, त्यो आरोपबाट उन्मुक्ति पाउन महानिर्देशक अधिकारीले भ्रष्टाचार र भ्रष्टाचारीप्रति ‘वाचडक’को भूमिका निर्वाह गर्दै आएको अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रभावशाली व्यक्तिलाई समेत सेटीड गरेर आफ्नो बनाउन पछि नपरेको अवस्थालाई नै लिन सकिन्छ । ई. अधिकारीको प्रभावमा अख्तियार नै परेपछि उनले न विभागिय मन्त्रीलाई टेर्छन्, न उनले हवाई अड्डालाई जनताको सेवामा समाहित गराउन भूमिका नै खेलेका छन् ? आफ्नो इच्छाअनुसार नहुँदा उनले यसो-त्यसो गरेरै भए पनि “गोरु चुट्न हलो अड्काउने” सम्म गर्न पछि पर्दैनन् । दुर्गम भेगका जनतालाई विमान सेवा उपलब्ध गराउने सन्दर्भमा महानिर्देशक अधिकारीको पछिल्लो निर्णय निकै विवादीत रह्यो । प्राधिकरणकै नियमले उडानमा अंकुश लाग्दा दुर्गम ठाउँका विरामीले समयमा उपचार नपाएर विमान कुर्दाकुर्दै आफन्तको निधन भएपछि यतीबेला ‘ज्यानमारा’को आरोपसहित अधिकारीमाथि मुद्दा नै दर्ता गरेको अवस्था छ । र पनि न प्रदिप अधिकारीमाथि कारवाही भएको छ, न त सरकारले नै खवरदारी गरेकै अवस्था छ ? यसो हुनुमा अधिकारीको सेटीड्ग क्षमताको प्रभाव परेको पाईएको छ ।
स्रोतका अनुसार निर्वाचन प्रमुख आयुक्त दिनेश थपलियासँग अधिकारीको निकट सम्वन्ध रहेकाले नै उनी पछिल्लो समय मैमत्त हुँदै अघि बढिरहेका हुन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले संखुवासभा नै घर भएका र बच्चादेखि पछिल्लो समयका सहपाठी अख्तियारका प्रमुख आयुक्त प्रेम राईसँग अधिकारीको निकट सम्वन्ध स्थापित गराइदिएका हुन् । त्यस्तै अख्तियारकै आयुक्त डा. हरि पौडेललाई ‘आफूले मिलाएको’ बताउँदै हिँड्ने अधिकारी अर्का आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्य त आफ्नै व्याचमेट भएको सार्वजनिक रुपमै बताउँछन् महानिर्देशक अधिकारी ।
सत्तासिनलाई नै प्रभावमा पार्न सकेकै कारण आफूभन्दा वरिष्ठलाई पन्छाएर नागरिक उड्डयन विभागको महानिर्देशक हुन सफल ई. प्रदिप अधिकारीले भैरहवा, पोखरा, काठमाडौं विमानस्थलमा के कसरी भ्रष्टाचार गरे ? भ्रष्टाचारको काण्ड ढाकछोप गर्न कसकसलाई कहाँकहाँ खुसी पारे ? छर्लड्गै छ । नत्र २०७९ वैशाख २१ गते दर्ता भएको (सि-०३९९७७) को उजुरी यतीका दिनसम्म अख्तियारको कुन कुनामा थन्केको होला ? रहश्यमै छ ।
विगतमा पोखरा विमानस्थल, भैरहवा विमानस्थल जस्ता आयोजनामा आयोजना प्रमुखका रुपमा कार्य गरेर अकुत आर्जन गरीसकेका सिभिल इन्जिनियर प्रदिप अधिकारी तीनै आयोजनामा गरेको आर्थिक अनियमितताको रकम खर्चेर नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बन्न सकेका हुन् उनलाई नजिकबाट बुझ्नेहरु यसै भन्छन् । नत्र नागरिक उड्डयन प्राधिकरणमा सिभिल इन्जिनियर त्यो पनि आफूभन्दा दर्जन बढी योग्य वरिष्ठ इन्जिनियर हुँदाहुँदै उनीहरुलाई पाखा लगाएर प्राधिकरणको नेतृत्व लिन सक्नुको कारण अरु के हुन सक्छ ?यसअघि २०७० सालमा विवादास्पद छविका व्यवसायी दिपक मलहोत्राले नै काठमाडौंकै विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणकै २६ रोपनी जग्गा व्यवसायिक कम्प्लेक्स बनाउने नाममा लिजमा लिएर सम्झौता विपरित अनियमित ढंगले कम्प्लेक्स निर्माण गरेको विषय आज प्रयान्त विवादमा छ । उक्त भवन निर्माणका क्रममा नागरिक उड्डयनका तर्फबाट इ. प्रदिप अधिकारीले नै हेर्ने जिम्मेवारी पाएका कारण स्वीकृत नक्सा विपरित निर्माण कार्य हुँदा पनि निर्माण कार्य रोकिएन । महालेखाले समेत आफ्नो प्रतिवेदनमा उक्त व्यवसायीक कम्प्लेक्सका बारेमा कैफियत जनाएको अवस्था छ । मलहोत्राले विमानस्थल परिसरमा नागरिक उड्डयन प्राधिकरणको ९१ रोपनी जग्गा लामो समय लिजमा दिने प्रक्रिया अघि बढाउँदै गरेको विषय पनि समाचारका रुपमा सार्वजनिक भइरहँदा अरु के-के सम्पत्तिमाथि अधिकार जमाउनका लागि पनि प्राधिकरणको नेतृत्वले आफूलाई सहयोग गर्नु पर्ने अवस्था देखेकाले मलहोत्राले नै अधिकारीलाई महानिर्देशक बनाउन भूमिका खेलेको भन्नेहरु प्राधिकरणभित्रै छन् ।
पछिल्लो समय हवाई अड्डाको गलत क्रियाकलाप बारे समाचार बनाउँदा सिम्रिक एयरका अध्यक्षकै लगानीको अन्नपूर्ण पोष्ट पत्रिकासँग पनि स्पष्टिकरण माग्ने आँट गरेका महानिर्देशक प्रदिप अधिकारीको पतन नभएसम्म हवाई अड्डाले प्रगतिको फड्को मार्न सक्ने देखिन्न । स्वेदशी मिडीयाका कुरा छाडौं विदेशी मिडीयाले समेत अधिकारीका कर्तुत यसरी बाहिर ल्याउँदा पनि अख्तियारले देखेको नदेख्यै गर्ने अनी सरकार समेत कानमा तेल हालेर बस्नु अचम्म लाग्दो छ ।

Facebook Comments Box
TOP
375 Shares