कसले गर्नसक्छ ई.प्रदिप अधिकारीलाई कार्वाही ? : कस्को हुनसक्छ यस्तो आर्थिक लिला ? यो घर कसरी ठडीयो डीजी साप ?
काठमाडौं चैत ८ । नेपाल नागरिक उड्डयन प्राधिकरण ‘क्यान’का महानिर्देशक प्रदीप अधिकारीले भ्रष्टाचार गरेका विषयमा जनरक्षाले गत भदौ ५ गते नै खबरदारी गरेको थियो । विभिन्न परियोजनाको ‘प्रोजेक्ट म्यानेजर’ हुँदा जुटाएको मध्येको ठूलो धनराशी खर्चेर महानिर्देशक भएको प्रष्टीँदै आएको थिए तर भ्रष्टाचार शिरोमणि अधिकारीको अकुत सम्पत्ति र उनको कमाउ धन्दाबारे हाल छानबिन हुँदै छ ।
छोटो समयमै ‘क्यान’ अन्तर्गतका परियोजनाको आयोजना प्रमुख बनेर उनले करोडौ कमाएका थिए । यतिसम्म कि, अर्काको नाममा दर्ता गर्न लगाएर पनि उनले परियोजनाको कन्सल्टेन्ट कम्पनीसमेत आफैँले चलाएका थिए।
पूखौंली घर लमजुङ रहेका अधिकारी चितवनको चैनपूर बसोबास गर्दै आएका थिए । २०६४ मा सिभिल इन्जिनियरको रुपमा प्राधिकरणमा ७ औँ तहमा छिरेका उनी अहिले ११औँ तहमा छन् । सँगै, प्रवेश गरेकाहरु ९ औँ तहमै सिमित छन् । तर उनी आफूभन्दा बरिष्ठलाई पन्छाएर प्राधिकरणको महानिर्देशक बन्न सफल भएका छन् ।
विगतमा प्रत्येक परियोजनामा फरक-फरक व्यक्ति आयोजना प्रमुख रहँदै आएकोमा अधिकारीले आर्थिक प्रभावमा पारेर तत्कालिन प्राधिकरण महानिर्देशक सन्जिव गौतम महानिर्देशक भएपछि पोखरा, भैरहवा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजनामा प्रमुख बनेर आर्थिक रुपमा दाँई खेल्ने कसरत सुरु गरेका हुन् । ३ वटै ठूला परियोजनाको आयोजना प्रमुख भएकै बेला उनी ‘सिभिल चिफ’ पनि बने । एकातिर ठूला आयोजनाको आयोजना प्रमुख र अर्कोतिर कार्यालयको ‘सिभिल चिफ’ बनेर उनले गर्नुसम्मको आर्थिक घोटला गरेको बताइन्छ ।स्रोतका अनुसार अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उनी विरुद्ध परेका आर्थिक अनियमितताका उजुरी उपर गोप्य ढंगबाट छानविन भइरहेको छ भने सम्पत्ति सुद्धीकरण विभागले पनि प्राप्त उजुरी उपर आफ्नै ढंगले अनुसन्धान गरिरहेको छ । लुकाएको धन त लुकाएकै भयो, देखाएकै अर्थात अनियमितरुपमा जोडेको धनले छोटै समयमा ललितपुर महानगर पालिका १५ खुमलटारस्थित ‘खुमलटार हाईट मार्ग पूर्व’मा विशाल महल खडा गरेका छन् । आधुनिक मात्र नभएर आलिसान घर नम्बर २८४ को निर्माणमा लागेको खर्चले पनि प्रदिप अधिकारीको सम्पत्तिको स्रोतमाथि प्रश्न उठाउने गरेको छ ।
महानिर्देशक अधिकारी अवस्था अनुसार सम्वन्ध गाँस्न खप्पिस छन् । उनले गोरु बेचेको समेत साइनो नपर्ने तर आफूलाई महानिर्देशक बनाएर गुण लगाउने तत्कालिन पर्यटन मन्त्री प्रेम आलेलाई सार्वजनिक रुपमै ‘दाई’ सम्वोधन गर्थे । अधिकारीले आलेसँग मात्रै होईन, यसअघिका ३ जना पर्यटन मन्त्रीसँग पनि यस्तै खालको सम्बन्ध बनाएर ‘प्यारो’ बन्दै मालदार परियोजनाहरु आफ्नो ‘कमाण्ड’मा राख्ने गरेको उनलाई बुझ्नेहरु बताउँछन् । स्वर्गीय रवीन्द्र अधिकारी, त्यसपछि पर्यटन मन्त्री बनेका योगेश भट्टराई र भानुभक्त ढकालदेखि पछिल्लो समय प्रेम आले र हालका पर्यटमन्त्री जीवनराम श्रेष्ठ सम्मलाई उनले ‘आफ्नो’ बनाईसकेका छन् ।
यतिसम्म की, खुमलटार, बालुवाटार, कोटेश्वर, तत्कालिन पर्यटनमन्त्री प्रेम आले र पर्यटन सचिव महेश्वर न्यौपाने ‘साउन १६ गते रिटायर्ड’लाई गरी मोटो रकम भेटि चढाएर आफूभन्दा वरिष्ठलाई पन्छ्याउँदै प्रदीप अधिकारी महानिर्देशक बनेको चर्चा आज पनि प्राधिकरण भित्र चल्ने गर्छ । प्रशासनिक तर्फका सिनियर १२ औं तरहका आधा दर्जन व्यक्तिहरु भोलाप्रसाद गुरागाईं, प्रतापबहादुर तिवारी, हंशराज पाण्डेय, देवचन्द्रलाल कर्ण, गोविन्दप्रसाद दाहाल र प्रेमनाथ ठाकुर लाई पन्छाएर ११ औं तहका प्राविधिक सिभिल इन्जीनियर के-कसरी महानिर्देशक बनाइए ? आफैँमा उदाहरण बनेका प्रदिप अधिकारी नै जवाफविहीन छन् । तर, उनी आफैँ अब ८ वर्ष आफू क्यानको महानिर्देशक बन्ने ठोकुवा गर्दै हिँड्ने गर्नुले उनको मिलीभगत को-कोसँग होला ? कल्पना मात्र गरौं ।
समाज
थप सामाग्रीभक्तपुर महोत्सव सुरु
December 13, 2024
1.1kViews 465 Shares Share on Facebook Share on Twitter भक्तपुर । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको…