नपाल प्रहरीका १४१ डिएसपीको सरुवा,काठमाडौँ उपत्यकाको ८ वृत्तका इन्चार्ज फेरिए
काठमाडौँ । नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १४१ जना डीएसपीको सरुवा गरेको जानकारी दिएको हो ।प्रहरी महानिरीक्षकको चैत ०७ गतेको निर्णयअनुसार मिति २०८० साल चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा उल्लेख छ । काठमाडौँ, भक्तपुर र ललितपुर स्थित ८ वटा वृत्तका इन्चार्ज पनि परिवर्तन भएका छन् । प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराई प्रहरी वृत्त सातदोबाटो, डिल बहादुर मल्ल प्रहरी वृत्त चापागाउँ र प्रेम सागर केसीलाई प्रहरी वृत्त थिमीमा सरुवा गरिएको छ । प्रहरी वृत्त कीर्तिपुरमा भुवनेश्वर शाह, नगर प्रहरी कार्यालयमा मदनजित महरा र प्रहरी वृत्त बालाजुमा राम कुमार दानीलाई सरुवा गरिएको छ । प्रहरी वृत्त जनसेवामा रुकेश तन्डुकारलाई पठाइएको छ । प्रहरी वृत्त कालीमाटीमा रूपक खड्काको सरुवा भएको छ । प्रहरी वृत्त थानकोटमा सूर्य प्रकाश सुवेदीलाई पठाइएको छ । यसअघि काजमा प्रहरी वृत्त लैनचौरमा पठाइएका सत्यनारायण थापा र वृत्त सिंहदरबारमा गएका चक्रबहादुर शाहको सोही ठाउँमा दरबन्दी कायम गरिएको छ ।
पूर्वी रुकुमको इन्चार्जमा माधवराज खरेल, दोलखामा युवराज खड्का, तेह्रथुममा रञ्जन कुमार दाहाल, ताप्लेजुङमा रवि रावल र हुम्लामा रवीन्द्र खनाललाई सरुवा गरिएको छ । डोल्पामा हरिकृष्ण केसीलाई पठाइएको छ । कृष्ण खड्कालाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र केशव भट्टराईलाई जिल्ला प्रहरी कार्यालय रसुवामा सरुवा गरिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय रोल्पामा भरत लामा, म्याग्दीमा भरत श्रेष्ठ र रामेछापमा प्रदीप कुमार सिंहलाई सरुवा गरिएको छ ।
समाज
थप सामाग्रीसरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैनः अर्थमन्त्री पौडेल
January 19, 2025
1.2kViews 446 Shares Share on Facebook Share on Twitter काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र र बैंक…