यादव भट्टराई निर्देशित फिल्म ‘झिल्को’को छायाङ्कन सुरु

काठमाडौं । यादव भट्टराईको निर्देशन रहने फिल्म ‘झिल्को’को छायाङ्कन सुरु भएको छ । बिहीबार काठमाडौँको शंखमुलबाट फिल्मको छायाङ्कन सुरु भएको हो । २५ दिनको नियमित छायाङ्कन सेडुल सहित फिल्मको छायाङ्कन सुरु गरिएको हो ।
केही अगाडि गुहेश्वरी मन्दिरमा स्क्रिप्त पूजा गर्दै फिल्मको शुभ–मुर्हूत गरिएको हो । भट्टराईको निर्देशनमा बन्न लागेको यो तेस्रो फिल्म हो । यसअघि उनले ‘झोला’ र ‘भोर’ बनाएका थिए ।
फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल, पवन मैनाली र आयुषी ढकाल लगायत कलाकारको अभिनय रहनेछ । रंगकर्मी सुनिलले १३ वर्षपछि यसै फिल्म मार्फत अभिनयमा कमब्याक गर्न लागेका हुन् । उनले पछिल्लो समय ‘आचार्य’ अभिनय गरेका थिए । फिल्म २०११ मा रिलिज भएको थियो ।
काठमाडौँमा विभिन्न स्थानमा छायाङ्कन हुने फिल्मको पटकथा तथा संवाद निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका छन् । दीपक बज्राचार्यको छायाङ्कन रहने फिलममा चण्डीप्रसाद काफ्लेको सङ्गीत रहनेछ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
२ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…