काभ्रेमा व्यापक वन अतिक्रमण हुँदै

पुजन धिताल
काभ्रे । काभ्रेको कुल वन क्षेत्रमध्ये २४४ हेक्टर विभिन्न व्यक्ति र संस्थागत रुपमा अतिक्रमण भएको छ । वन कार्यालयको तथ्यांकअनुसार जिल्लाभर ७३ हजार ७५ हेक्टर वन रहेकामा व्यक्ति र संस्थागत रुपमा २४४ हेक्टर वन अतिक्रमण भएको छ । तथ्यांक यस्तो रहे पनि वन कार्यालयले अतिक्रमण क्षेत्र हटाउन भने सकेको छैन ।
अतिक्रमित जमिन कतै प्लानिङक्षेउमै छ भने कुनै अतिक्रमित जमिनलाई छुने गरी पक्की घर बनाइएका छन् । यस्ता संरचना बन्दासमेत स्थानीय सरकार र उपभोक्ता समिति मौन छन् । स्थानीयको गुनासोपछि अतिक्रमण हटाउन र तारबार गर्न सकिए पनि बनेका भैतिक संरचना हटाउन र वनलाई पुरानै अवस्थामा फर्काउने चुनौती कायमै छ ।

यस चालु आवमा मात्र वन कार्यालयको सहयोग र सहकार्यमा पाँचखाल २ मा रहेको लौकिनी ध्याङ्गले सामुदायिक वनको ७४ रोपनी फिर्ता लिएको र त्यस क्षेत्रमा तारबारसहित वृक्षरोपण गरिएको छ । यस क्षेत्रमा बनेका संरचना र गरिएको खेती हटाउन निर्देशन दिएएको वन उपभोक्ता समिति अध्यक्ष रत्न लामाले जानकारी दिए ।
यो क्षेत्रमा पक्की संरचना बनाएर बसोबास गरेकाहरुलाई हट्न भन्दै ३५ दिनको सूचना जारी गरेको र सो म्याद गुजार्दासमेत स्थानीय व्यक्ति र संरचना हटाउन स्थानीय जनप्रतिनिधिले सहयोग नगरेको उपभोक्ता समितिको गुनासो छ ।
जिल्लाभरका ५९५ सामुदायिक वनका समितिले जनप्रतिनिधिको सहकार्य र सहयोग नभएसम्म कुनै पनि अतिक्रमण हटाउन नसकिने वन कार्यालय प्रमुख शिव सापकोटाको भनाइ छ ।

Facebook Comments Box
TOP
379 Shares