पद सकिएपछि खोलिन्छ हाइप्रोफाइलको ‘फाइल’

काठमाडौं । शक्तिशाली सार्वजनिक पदीय जिम्मेवारीमा रहेका राजनीतिक व्यक्तित्वहरू सत्ता र शक्तिबाट बाहिरिएसँगै र प्रशासनिक व्यक्तिहरूको पद सकिएसँगै कुनै न कुनै काण्डमा मुछिएर कानुनको फन्दामा पर्ने गरेका छन्।
सोही क्रममा पछिल्लोपटक चर्चामा आएको सुन र सहकारी काण्डले नेपालको राजनीति तरंगित बनेको छ। गत वर्ष नक्कली भुटानी शरणार्थी प्रकरणले तरंगित बनेको नेपालको राजनीति यो वर्ष सुन, सहकारी र मिटरब्याजी पीडितको मुद्दाले तरंगित बनेको छ।
गत वर्ष नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, पूर्वमन्त्री एमाले नेता टोपबहादुर रायमाझी, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेका थिए। त्यस बेला पाण्डेबाहेक सबैजसो राजनीतिकर्मीहरू सत्ता र शक्तिबाट बाहिर थिए।
त्यसअघि ठूला भ्रष्टाचारमा मुछिएका पूर्वमन्त्रीहरू खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, विजयकुमार गच्छदारलगायत नेताहरूसमेत शक्तिबाट बाहिरिएपछि कानुनी फन्दामा फसेका थिए। राज्य सत्ताको उच्च तहमा पुगेका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूले आफ्नो मूल जिम्मेवारीलाई पन्छाएर गैरकानुनी र गैरसामाजिक विषयलाई प्राथमिकतामा राखे पनि उनीहरूको शक्ति क्षीण भएपछि मात्रै कारबाहीको भागिदार हुने गरेका छन् ।
अहिले सुन तस्करी प्रकरणमा थप अनुसन्धान गर्नुपर्ने व्यक्तिहरू छुटेको भन्दै पुनः छानबिन गर्न सुनको अवैध पैठारीसम्बन्धी जाँचबुझ आयोगले सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएपछि सुन काण्डले चर्चा पाए पनि सहकारीको विषय मौन छ।
सुन काण्डमा मुछिएका अधिकांश व्यक्तिहरू शक्तिबाट टाढा पुगिसकेका छन् । शक्तिमै रहेका तर उक्त प्रकरणमा नाम मुछिएकाहरूको भने सरकारले खोजी गर्न सकेको छैन। आजको नेपाल समाचारपत्र दैनिकबाट
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…