यी हुन् अख्तियार आफैले रोकेको ठूला भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि उजुरीको विषयमा तथ्य प्रमाण खोजेर अनुसन्धान पश्चात् मुद्दा विशेष अदालतमा दायर गर्ने गर्छ । तर, केही भ्रष्टाचारको मुद्दाको फाईल भने अख्तियारमै थन्किएको छ । राजनीतिक छत्रछायाँ र राजनीतिक प्रभावका आधारमा अख्तियारका प्रमुखले आफूखुसी भ्रष्टाचारको मुद्दा तामेलीमा राख्ने निर्णय गर्ने गरेको पाइन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीदेखि हालका प्रमुख आयुक्त प्रेमकुमार राईसम्मले ठूला भ्रष्टाचार मुद्दाको फाईल रोकेका छन् ।

भ्रष्टाचारको उजुरीको सम्पूर्ण अनुसन्धान पूरा गरेर पनि अख्तियारले राजनीतिक दलका ठूला नेता जोडिएका र आयोगका प्रमुख आयुक्तसम्म जोडिएको भ्रष्टाचारको फाइल तामेलीमा राख्ने गरेका छन् । तत्कालीन लोकमानसिंह कार्की आफ्नो पालामा आफू निकटका कर्मचारीको भ्रष्टाचार मुद्दा तामेलीमा राख्न निर्देशन दिएका थिए । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त नवीन घिमिरेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको भ्रष्टाचार मुद्दा तामेलीमा राखे । तत्कालीन प्रमुख आयुक्त घिमिरेले अवकास हुनु एक दिन अघि घिमिरेले मुद्दा चलाउन ठिक्क पारेको फाईल तामेलीमा पठाउने निर्णय गराएको अख्तियार स्रोतले जनायो । आजको राजधानी दैनिकबाट

Facebook Comments Box
TOP
381 Shares