निलकमल ह्युमन रिसोर्सद्वारा वैदेशिक रोजगारीका नाममा सयौं युवाहरुको करोडौं रुपैयाँ ठगी

वैदेशिक रोजगारीका नाममा ठगिँदै युवा                       काठमाडौं । काठमाडौंको एयरपोर्ट शम्भुमार्गमा सञ्चालन हुँदै आएको निलकमल ह्युमन रिसोर्सले वैदेशिक रोजगारीका नाममा सयौं युवाहरुको करोडौं रुपैयाँ ठगी गरेको पाईएको छ।निलकमल मेनपावरका आफूलाई एजेन्ट बताउने डम्बर राज गिरीले देशमा बढीरहेको चरम बेरोजगारीको भरपुर उपयोग गर्दै दुर्गम जिल्लाका गरीब सिधासाधी युवाहरुबाट वैदेशिक रोजगारीको नाममा करोडौं रुपैयाँ उठाएर सम्पर्क बिहिन भएका हुन ।स्थाई ठेगाना सुर्खेत तिर घर बताउने गिरीले स्थाई ठेगाना उदयपुर जिल्ला गाइघाट बेलटार बस्ने भिम बहादुर मगर,सुमन खत्री ,दिपेन्द्र कुमार मगर लगाएत सयौ युवाहरुलाई ठगी गरेको पाईएको हो ।                         उक्त तिनजना युवाले गतवर्ष पन्ध्र महिना अगाडि फागुन महिनामा पासपोर्ट सहित प्रती व्यक्ति रु एकलाखको दरले बुझाएका थिए।सो रकम र पासपोर्ट  बुझिलिएपछी एजेन्ट गिरीले ती तिनजना युवालाई सोझै काठमाडौंको सुकेधारामा सञ्चालित सुपर हेल्थ केयर सेन्टर प्रा ली मा ८८९० रुपैयाँ बुझाउन लगाई मेडिकल गराएका थिए भने बिल भने ५५०० सयको उपलब्ध गराएका थिए ।मेडिकल गराएपछि एजेन्ट गिरीले एक हप्तामा भिसा लाग्ने भन्दै ती तिनै युवालाई घरबाट विदा भएर आउन भने ।गाउँका कञ्चन पानी पिएका शुद्ध भाषा समेत बोल्न नजान्ने तिनै युवाले दलाल गिरीले भनेझैं गरि एक हप्ता पछी काठमाडौं आए ।जब तिनै युवा काठमाडौं झरे दलाल गिरीले बस्ने बेवस्था मिलाएका रहेछन काठमाडौंको नयाँ बसपार्क स्थीत बुलबुले गेस्टहाउसमा । ठगिएका पिडित युवा भिम बहादुर मगर भन्छन “बुलबुले गेस्टहाउसमा हामी एक हप्ता बस्यौं एक हप्ताको बिल २५ हजार उठ्यो त्यो पनि दलाल गिरीले रक्सी खाएको विल सहित जब बिल आयो तब फरार भए गिरी।”अर्का सो गेस्टहाउस सँगै बसेका अर्का पिडित युवा सुमन खत्री भन्छन “दलाल गिरी भागेपछी हामीले गाउँमा बुबा आमलाई फोन गर्यौ र पैसा मगायौ उता बुबा आमाले जोत्ने हलगोरु बेची पैसा पठाए छन ।” अगाडि बढ्दै खत्री भन्छन: गेस्टहाउसको पैसा तिरी हामी गाउँ पुगेपछि दलाल गिरीले फोन गरे एक घण्टामा टिकट आउछँ थप रकम चाहियो भने उनले त्यसो भनेपछि  हामीले फेरि विस्वास गरी रु ९० हजार रुपैया दियौ न हामिले प्रहरी रिपोर्ट बनाएका छौ,न श्रमनै गरेका छौ उनले नक्कली भिषा देखाई हामिलाई ठगेछन ।अब सम्बन्धित निकाएमा उजुरी गर्दैछौ उनले ठगेका हामी जस्ता युवा धेरै छन ।

Facebook Comments Box
TOP
473 Shares