अनमोल केसीको फिल्म ‘फर्की फर्की’को ट्रेलरले युटुबमा हंगामा मचाउँदै

नायक अनमोल केसीको फिल्म ‘फर्की फर्की’ले युट्युबमा धमका मच्चाइरहेको छ । फिल्मको ट्रेलरले यो समाचार तयार पार्दासम्म १८ लाख बढी भ्यूज पाइसकेको छ ।

फिल्मको ट्रेलरलाई दर्शक, फिल्मीकर्मीले निकै रुचाएका छन् । जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्मलाई लिएर दर्शकमा उच्च आशा समेत बढेको छ ।

रोहित अधिकारी र ओम अग्रवालको निर्माणमा तयार भएको यो फिल्म सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको हो ।

यस फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतको अभिनिय रहेको छ ।

Facebook Comments Box
TOP
165 Shares