किन सोचे जस्तो चलेन दयाहाङ राई र आँचल शर्माको फिल्म ‘डिग्री माइला’ ?

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ सोचे जस्तो चल्न सकेन । यो फिल्मको सुरुवाती दिन देखिनै निकै अपेक्षा गरिएको भएता पनि हलमा लागेपछि फिल्मले सुखद व्यापार गर्न सकेन । फिल्मका निर्मातादेखि कलाकारसम्मलाई यो फिल्मबाट ठूलो आशा थियो । तर हलमा लागेपछि यो फिल्मले दर्शकको बलियो वर्ड अफ माउथ पाउन सकेन ।
जसका कारण, फिल्म अपेक्षित रुपमा चल्न सकेको छैन । निर्माणपक्षले फिल्मले पहिलो सातामा ५ करोड माथिको ग्रस कलेक्शन गरेको दाबी गरेको छ ।
तर, दयाहाङ राई, आँचल शर्मा, विजय बराल, प्रकाश घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय रहेको फिल्मले दर्शकलाई खुशी बनाउन भने सकेन । ‘कबड्डी ४’बाट ऐतिहासिक रेकर्ड बनाएका निर्देशक रामबाबु गुरुङ यसपटक कथा पटकथा देखि धेरै कुरामा चिप्लिए । जसले गर्दा ‘डिग्री माइला’ सोचेजस्तो चल्न सकेन ।
समाज
थप सामाग्री-
केआईआईटी विश्वविद्यालयले भन्यो– थप अप्रिय घटना हुन नदिन विद्यार्थीलाई नेपाल पठाइएको हो
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
भारतमा नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन
-
प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ
-
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि
1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…