पाथीभरामा ह्वात्तै बढे भक्तजन, एकैदिन ६ हजारले गरे दर्शन
![](http://janarakshya.com/wp-content/uploads/2024/04/pathivaramata-scaled-1-1024x680.jpg)
फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ) मा आज एकैदिन ६ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन् । चैते दसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । अन्य दिनको तुलनामा शनिबार र मङ्गलबार पाथीभरामा भक्तजनको चाप बढ्ने गरेको छ ।स्वदेशी तथा विदेशी तीर्थयात्री यस मन्दिरमा आउने गरेका छन् । भक्तजनको चाप बढेपछि सहज रूपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाइएको समितिले जनाएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक लाख ६८ हजार चार सय ६८ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको तथ्याङ्क समितिले सार्वजनिक गरेको छ । भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३, कात्तिकमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभरा आएको समितिले जनाएको छ । यस्तै मङ्सिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५, माघमा छ हजार एक सय एक, फागुनमा १७ हजार नौ सय १२ भक्तजन पाथीभरा पुगेका छन् ।
समाज
थप सामाग्री-
प्रहरीको लेखापाल सरुवामा सधैँ चलखेल, नयाँ कार्यविधि बनाउन डीआईजीको नेतृत्वमा समिति गठन
-
आइतबार उपत्यकाका पालिकामा शोक बिदा
-
पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दैलेखमा दुई जना किशोरीको मृत्यु
-
भगीरथ र सुनिताको तिजको कोसेली ‘गुलेलीले जुरेलीलाई’ सार्वजनिक
-
ज्योति विकास बैंकद्वारा ‘ज्योतिज गट ट्यालेन्ट’ को प्रथम संस्करण आयोजना
![](http://janarakshya.com/wp-content/uploads/2024/07/gyapan-patra_O8NoSQ7WeE-1-468x300.jpg)
प्रधानमन्त्रीलाई रुकुम पश्चिम र रुकुम पूर्वका कांग्रेस र एमालेको ज्ञापनपत्र
July 26, 2024
1.5kViews 331 Shares Share on Facebook Share on Twitter काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रुकुम–पश्चिम र रुकुम–पूर्व जिल्लाका नेपाली…