बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य उच्च बिन्दुमा पुगेर रोकिएको जनाएको छ । महासङ्घका अनुसार आज गत साताको शुक्रबारकै मूल्यमा सुनको कारोबार भइरहेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँ कायम छ ।

यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ कायम छ । पछिल्लो समय सुनको मूल्य निरन्तररुपमा बढ्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत परेको हो । सुनसँगै चाँदीको मूल्यमा समेत वृद्धि आइरहेको छ ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । यससँगै चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १७ सय २० रुपैयाँ कायम थियो ।

Facebook Comments Box
TOP
375 Shares