वेस्टइण्डिजविरुद्ध नेपालले फिल्डिङ गर्दै

काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा वेष्टइण्डिजका कप्तान रोस्टन चेशले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।

चौथो खेलबाट नेपालले दुई परिवर्तन गरेको छ । स्पिनर सागर ढकाल र अनिल शाह खेल्दा ललित नारायण राजवंशी र गुलशन झालाई बाहिर राखेको छ । टोलीमा अन्य परिवर्तन भने गरेको छैन ।

सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३१ ले जितिसकेको छ ।

Facebook Comments Box
TOP
327 Shares