काठमाडौंको कपनमा गुण्डाराज चलाउने अर्जुन दर्नाल पेस्तोल सहित पक्राउ

काठमाडौं ।काठमाडौंको कपन क्षेत्रलाई आधार ईलाका बनाउँदै विगत केही वर्ष देखि आतंक फैलाउँदै आएका अर्जुन दर्नाल(सुनार)पेस्तोल सहित पक्राउ परेका छन ।      सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाँउपालिका वडा नं २ स्थायी घरभएका दर्नालले कपनको लसुनटार,चुनिखेल,आकाशेधारा ,राम मन्दिर ,कृष्ण मन्दिर,लगाएतका ठाउँमा दिनदहाडै गुण्डा गर्दी गर्दै आईरहेको बताईन्छ ।

हप्ता असुली ,लुटपाटका साथै व्यापारीहरुलाई समेत धम्की दिई असुली धन्दामा लागेका दर्नालले कपन क्षेत्रलाईनै आतंकित पारीरहेको सोर्त बताउँछ ।दर्नाल काठमाडौको बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ कपन पैयुटारमा रहेको बिनिता तामाङको तिनतले घरको दोस्रो तलामा डेरा गरि बस्दै आएका थिए।                                                                                      विभिन्न राजनीतिक दलका नेताहरुको समेत नाम लिंदै व्यापारीलाई धम्क्याउन भ्याउने दर्नालले गत वर्षको मंसिरबाट कपन एरीयामा खुलेका रेष्टुरेन्ट ,रिसोर्ट तथा होटलहरुमा समेत खुलम -खुल्ला रकम असुलि धन्दा चलाँदै आएको सोर्तको दाबी छ।                                                                        यसरी केहि राजनितीक दलको आडमा अर्जुन दर्नाल (सुनार)ले पैयुँटार यरियामा झैझगडा ,असुलीधन्दाका साथै  मानिसहरुलाई हतियार देखाइ त्रसित बनाउँदै आएको विषय प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरिक्षक नेत्र बहादुर कुवरले सुईँको पाए लगत्तै आजै पक्राउ गर्न सफल भएका थिए। पक्राउ लगत्तै कपनमा गुण्डाराज चलाउँदै आएका दर्नालको कोठामा प्रहरीले छापाहानेको थियो । प्रहरीले छापा हान्दा दर्नालको दराज भित्र राखेको १ थान पेस्तोल र मोबाइल समेत बरामत भएको छ ।गुण्डाराजका नाईके दर्नाललाई थप अनुसन्धानका लागी प्रहरी बृत बौद्ध पठाएको प्रहरी प्रभाग कपनका प्रमुख नेत्र बहादुर कुँवरले जनरक्षालाई बताएका छन ।    

Facebook Comments Box
संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
४ घण्टा अगाडि

1.3kViews 197 Shares Share on Facebook Share on Twitter सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने…

TOP
206 Shares