राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः३० बजेका लागि बैठक बोलाइएको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबाट गत जेठ १ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्तुत गर्नेछन् ।त्यस्तै, प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । त्यसपछि राष्ट्रियसभा अध्यक्षले नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज चैत ४ गते सोमबारको राशीफल :पशुपतिनाथ भगवानले रक्षा गरुन
१ दिन अगाडि
2.1kViews 274 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- रमाइलो तरिकाले…